माग भन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

चितवन । नेपाल ह्याचरी उद्योग सङ्घले आजदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्रीवितरण बन्द गरेको छ । सङ्घमा आवद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाएको हो । चल्ला उत्पादक किसानले लागत अनुसार मूल्य नपाएपछि सङ्घले एक साता उत्पादन तथा बिक्रीवितरण बन्द गरेको जनाएको […]

उद्यमी प्रोत्साहन गर्न कर्णालीमा प्रादेशिक औद्योगिक प्रदर्शनी

कर्णाली । श्रम, सीप र सिर्जनासहितको उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी आइतबार सम्पन्न भएको छ । क्त प्रदर्शनीको समापन कार्यक्रममा आइतबार प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले प्रदर्शनीले स्थानीय उत्पादन तथा बजारीकरणमा सहयोग पुग्नुका साथै उद्यमीहरूलाई प्रोत्साहन हुने बताए । “स्थानीय साधन […]

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ  ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको छ । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फूड्सले नयाँ प्रडक्टका रुपमा प्रिमियम  बासमती चामल बजारमा ल्याएको हो ।  ‘जिआई राइस’ डायबेटिक बिरामीको लागि उपयुक्त हुने छ […]

सोटो नेपालको अध्यक्षमा शाही चयन

काठमाडौं । नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोटो) नेपालको नयाँ नेतृत्व चयन भएको छ । फरवेस्ट ट्राभल एण्ड टुर्सका सञ्चालक तथा सुदूरपश्चिमका पर्यटन व्यवसायी मान बहादुर शाहीको अध्यक्षतामा सोटो नेपालको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो । ‘समृद्ध पर्यटनका लागि सामूहिक आवाज’ मूल नारा बोकेको सोटो […]

सरकारी बेवस्ताको कारण पोल्ट्री व्यवसायीहरु बैंकको कालोसूचीमा, व्यवसाय धरासय

चितवन । भरतपुरको लक्ष्मीपुरमा लामो समय कुखुरापालन व्यवसाय गरेका एक किसानको मृत्यु भएको ३ महिनामा बैंकले सबै सम्पत्ति लिलाम गर्यो । २ दशकभन्दा बढी यो पेसामा लागेका किसानको मृत्युपछि परिवार बिचल्लीमा परेको छ । कतिपय कुखुरापालक किसान अहिले चेक अनादार मुद्दामा प्रहरी हिरासतमा छन् । त्यसो त २ वर्षअघि यहाँका एक ठूला कुखुरा व्यवसायीले आत्महत्या […]

दुनाटपरी उद्योगबाट मासिक हजारौं बचत

कैलाली । धनगढी उपमहानगरपालिका–१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानीमा दुनाटपरी उद्योग सञ्चालन गर्दै आएका छन् । छ वर्षदेखि ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ दर्ता गरी रु आठ लाख लगानीमा उनले व्यवसाय गर्दै आएकी हुन् । सुरुमा सामूहिक लगानीमा उद्योग सञ्चालन गरे पनि अहिले व्यक्तिगत लगानीमा व्यवसाय सुरु गरेको मगरले बताइन् । उनले […]

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा । माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु आयातनिर्यात गर्ने व्यवसायी विराटनगर वा जलेश्वर पुग्नुपर्ने बाध्यात्मक अवस्था छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा मातहतका विभागले प्लान्ट क्वारेन्टिन प्रयोगाशालाको आवश्यकता औँल्याउँदै आए पनि त्यसले मूर्तरूप लिएको छैन । विसं २०७८ असोजमा कृषिजन्य वस्तुको निरीक्षण र परीक्षण गरी छोडपुर्जी दिने उद्देश्यले […]

कोरियाली कम्पनीले ७ अर्ब लगानीमा नेपालमा फ्युल सेल र हाइड्रोजन प्लान्ट स्थापना गर्ने

काठमाडौं । कोरियाली कम्पनी जी फिलोस लिमिटेडले नेपालमा हरित (ग्रीन) हाइड्रोजन उत्पादन र फ्युल सेल प्लान्ट स्थापना गर्न प्रस्ताव गरेको छ। कम्पनीले २० मेगावाट क्षमताको पाइलट प्लान्ट स्थापना गर्ने लक्ष्यसहित लगानी बोर्डमा प्रस्ताव पेश गरेको हो। जी फिलोसले २०८२ वैशाख १५ गते पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन लगानी बोर्डमा बुझाएको थियो। त्यसपछि बोर्डको ६३ औं बैठकले विस्तृत […]

उद्योग मन्त्री भण्डारी सँग चिनियाँ राजदूत सोङ्गको शिष्टाचार भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा दुई देशबिचको सम्बन्ध र पारस्परिक सहकार्यको सम्भावनाका विषयमा विस्तृत छलफल भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र चीनबिचको सम्बन्ध ऐतिहासिक र घनिष्ठ रहेको उल्लेख गर्दै भने, “नेपाल र जनवादी […]

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनित भएका छन् । मनोनित हुनेहरुमा राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठ छन् । न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष , श्रेष्ठ महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा […]