उद्योग वाणिज्य महासंघ र फर्निचर व्यवसायी महासंघको एक स्वर, “फर्निचर उद्योगलाई व्यवस्थित बनाउँ”

काठमाडौं । फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भईरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्यवसायीले जोड दिएका छन् । शनिबार र आइतबार राजधानीमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले आयोजना गरेको प्रशिक्षणात्मक कार्यशाला गोष्ठीमा यस्तो आवाज उठेको हो । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले समग्र क्षेत्रको कर प्रणाली सुधारमा जोड दिँदै फर्निचर तथा […]

करिब ७ हजार उद्योग स्थापनाका लागि झण्डै ५ खर्ब लगानी प्रतिवद्धता

काठमाडौं ।  विदेशी लगानीकर्ताहरुले नेपालमा ६ हजार १ सय ६६ वटा उद्योग तथा व्यवसायका लागि झण्डै ५ खर्ब रुपैयाँको लगानी प्रतिवद्धता जनाएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनासम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताहरु मार्फत् ६ हजार १ सय ६६ वटा उद्योग तथा व्यवसाय स्थापना वा सञ्चालनका लागि ४ खर्ब ९१ अर्ब ३५ […]

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

काठमाडौं । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ। गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई कार्यान्वयनमा आएको ‘राष्ट्रिय स्टार्टअप नीति, २०८०’ मा स्टार्टअप उद्यमलाई सरकारले विभिन्न छुट सुविधा, लगानी सहजीकरण, नीतिगत तथा कानुनी प्रबन्ध, व्यावसायिक सुरक्षालगायतका प्रत्याभूति गर्ने उल्लेख […]

स्वदेशी उद्योगलाई संरक्षण गर्न उद्योग व्यवसायी महासंघको माग

काठमाडौं । उद्योगी व्यवसायीहरुले अहिले उद्यम व्यवसायको क्षेत्रले निकै समस्या भोग्नुपरेको भन्दै आगामी बजेटमा आफूहरुका जायज माग सम्बोधन हुनुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम कर्पोरेट भेलामा उद्योगी व्यवसायीहरुले विगतका नीतिगत निर्णयले मर्कामा पारेको भन्दै आगामी बजेटमार्फत सहजीकरण गर्न उद्योगमन्त्री दामोदर भण्डारी समक्ष माग गरेका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघका […]

घरजग्गा कारोबारमा मूल्यांकन व्यवस्थित गर्न कानुन परिमार्जन गरिने

काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न र जमिनको मूल्यांकन प्रणाली व्यवस्थित गर्न आवश्यक कानुनी तथा संरचनागत सुधार गर्ने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । यस्तै मालपोत र नापीको आधारभूत सेवा स्थानीय तहबाट एकीकृत रूपमा अनलाइनबाट प्राप्त हुने व्यवस्था गर्ने […]

‘कृषिमा लगानी दशक’ घोषणा

काठमाडौं । सरकारले आगामी दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी एक दशकलाई कृषि लगानी दशक घोषणा गर्ने जानकारी गराएका हुन् । उनले हिउँदेबाली खेती, खाद्यान्न र तरकारीमा आत्मनिर्भर, कृषिजन्य वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने नीति सरकारले लिने जानकारी गराएका हुन् […]

औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा सात करोड ६५ लाखको कारोबार

काठमाडौं । नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा सात करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबारदेखि पाँच दिन चलेको सो महोत्सवमा प्रत्यक्ष/अप्रत्यक्ष, अर्डर, बुकिङ गरिएका समेत गरी सो रकम बराबरको कारोबार भएको जनाइएको छ । महोत्सवको दुई लाख ५३ हजार अवलोकनकर्ताले […]

३० प्रतिशतले बढ्यो युनिलिभर नेपालको नाफा

काठमाडौं । युनिलिभर नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले सार्वजनि गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको अपरिस्कृत वितीय विवरण अनुसार ३० दशमलव ४६ प्रतिशतले नाफा बढेको हो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै शेयरमूल्य रहेको युनिलिभर नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ४८ कडोर ६१ […]

सोनापुर मिनरल्सको खुद नाफा ऋणात्मक

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको नाफा ऋणात्मक अवस्थामा पुगेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा क्रणात्मक रहेको हो । चैत मसान्तसम्ममा कम्पनीले २७ करोड ८० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ६२ लाख […]

शिवम् सिमेन्ट्सको नाफा ९ प्रतिशतले बढ्यो

काठमाडौं ।  शिवम् सिमेन्ट्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अवस्थामा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार ९ दशमलव  ८९ प्रतिशले वृद्धि भएको हो । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । यो […]