सिमेन्टको मूल्यवृद्धिबारे संसदीय समितिले अध्ययन गर्ने
काठमाडौं । सिमेन्टको अस्वाभाविक मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । दुई महिनामा प्रतिबोरा तीन सय रुपियाँसम्म मूल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारण उपभोक्ता र विकास निर्माणको काममा परेको छ । सिमेन्ट उद्योगीले मनपरी सिमेन्टको मूल्य बढाएको गुनासो निर्माण व्यवसायीको छ । निर्माण व्यवसायी महासङ्घका अनुसार सिमेन्ट उद्योगीहरूको मिलेमतोमा मूल्यवृद्धि गराइएको हो । महासङ्घका अध्यक्ष […]

