सानो दाबी रकम बीमकले तत्कालै भुक्तानी गर्ने, ठुलो दाबी पुनर्बीमकले पेश्की रकम दिइ तरलता व्यवस्थापनमा सहजीकरण गर्नु पर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका बारमा   निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । बीमा प्राधिकरणले आयोजना गरेको छलफल कार्यक्रममा  निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये सानो दाबी रकम […]

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर खरिद गर्ने समय थप

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर खरिद गर्ने समय थप गरिएको छ । कम्पनीले भदौ २२ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयरमा बोलपत्र पेश गर्ने समेत थप गरिएको हो । कम्पनीको लिलामी सेयरमा अब असोज ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनगर गरी अवधि थप […]

जेनजी आन्दोलनको क्षति : छिटो बीमा दाबी भुक्तानी गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका कारणले भएको क्षतिको छिटो भुक्तानी दिन निर्देशन दिएको छ । प्राधिकरणले पछिल्ला घटनाको क्षतिमा आउने बीमा दाबी भुक्तानी छिटो र सहज गर्न बीमा कम्पनीलाई निर्देशन दिएको हो । गत सोमबारदेखि जेनजीले आन्दोलन सुरु गरेका थिए । आन्दोलनको पहिला दिन सोमबार करिब २० युवा तथा विद्यार्थीको मृत्यु भयो । […]

सुरेन्द्र पौडेल नेपाल पुनर्बिमा कम्पनीको अध्यक्ष नियुक्त

काठमाडौं । सुरेन्द्र पौडेल नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको अध्यक्ष पदमा नियुक्त भएका छन् । शुक्रबार मन्त्रिपरिषद् बैठकले  उनलाई  अध्यक्ष नियुक्त गरेको हो । पौडेल यसअघि नेपाल आयल निगम र उदयपुर सिमेन्टको महाप्रबन्धकको जम्मेवारी सम्हाली सकेका छन् ।

नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन शुक्रबार ललितपुरमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले प्राधिकरण नियामक निकाय भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न र सबै बीमा कम्पनीहरूलाई समान व्यवहार गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । अध्यक्ष पोखरेलले प्राधिकरणका कामकारवाहीमा ढिलासुस्ती नगर्न तथा हुने कामलाई हुन्छ […]

स्वास्थ्य बिमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने

काठमाडौं । आगामी कात्तिक १ गतेबाट स्वास्थ्य बिमामा आबद्ध भएका विपन्न नागरिकहरूले आठ प्रकारका कडा रोगको एकीकृत सुविधा पाउने भएका छन् । हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका बिरामीहरूले यो सुविधा पाउँदै आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा आबद्ध गर्ने निर्णयअनुसार […]

प्राधिकरणले जारी गर्यो ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गरेको छ । बीमकले, रेट्रोशेसन, विदेशबाट आयात गर्ने परामर्श सेवा, बापत भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा सटही सिफारिस गर्ने कार्यलाई पारदर्शी र व्यवस्थित गर्न वान्छनीय भएकाले विदेशी मुद्रा सटही व्यवस्थित बनाउन उक्त निर्देशीका जारी गरेको जनाएको छ । बीमा ऐन, २०७९ को […]

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी तालिम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लाउन्डरिङ (एएमएल) तथा कमबेटिङ दी फाइनान्सिङ अफ टरोरिजम (सीएफटी) सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ । वित्तीय प्रणालीमा पारदर्शिता र सुरक्षा सुदृढीकरणमा जोड दिएको विशेष तालिम कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा […]

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश, मनायो देशभर कार्यक्रम सहित बार्षिकउत्सव

काठमाडौं ।रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड आठौं बर्ष पुरा गरि नवौं बर्ष प्रबेश गरेको छ । कम्पनीले ९नौं बर्ष प्रवेश गरेको अबसरमा बार्षिकउत्सब  बिभिन्न कार्यक्रम गरि मनाएको छ । सोहि बार्षिक उत्सव मनाउने क्रममा कम्पनीले ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश अबसरमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने  बीमितहरु, नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दुर दराज […]

अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गर्दै एसियन लाइफ

काठमाडौं । एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले भदौ २२ गतेदेखि अवितरित हकप्रद सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । कम्पनीले गत असार २५ गतदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद सेयरमा आवेदन नपरेको हकप्रद सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण समूहको ३ लाख […]