बीमा क्षेत्रको पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’का इकाइहरु बाँडफाँट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ का इकाइहरु शुक्रबार बाँडफाँट गरिएको छ। जुन कोष प्रवर्द्धनमा नेपालको बीमा क्षेत्रमै पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ का इकाइहरु शुक्रबार बाँडफाँट गरिएको हो। यो योजनाका इकाइहरु गत वैशाख ३ गतेदेखि वैशाख ७ गतेसम्म बिक्री खुला गरिएको थियो। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा […]

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लाभांस घोषणा

काठमाडौं । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०८१/०८१ को वित्तिय बिबतरण अनुसार सो आर्थिक बर्षको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पँजीको ८ प्रतिशत वोनश शेयर तथा कर प्रयोजनार्थ०.४२१ नगद लाभांस समेत गरि कूल ८.४२१ लाभांस प्रस्ताव गरेको छ । कम्पनीले प्र्सताव गरेको लाभासं नियामकीय निकाय बीमा प्राधिकरणबाट स्वीकृति प्रापथ गरेपश्चात आगामी साधारणसभामा […]

सिप्रदी ट्रेडिङ्ग र ओरियन्टल इन्स्योरेन्सबीच नगद रहित बीमा दावी सम्झौता

काठमाडौं । टाटा मोटर्स नेपालको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ । काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहबीच दुवै कम्पनीका प्रतिनिधिहरूले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिप्रदीका भाइस प्रेसिडेन्ट सौरव राज थपलिया र ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत […]

सन नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ । कम्पनीले २०८२ बैशाख १५ गतेबाट बैशाख ३० गतेसम्म पुनर्जागरण गराएमा विलम्ब रकममा […]

आजसम्म कायम शेयरधनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको बुधबारसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने निर्णय गरे सँगै वैशाख १६ गते बुधबारसम्म कायम शेयरधनीहरुमात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्। कम्पनीले आफ्नो २८ औँ वार्षिक साधारणसभा वैशाख २८ गते गर्ने निर्णय गरेको […]

सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “ सी स्ट्राइक्स ’’ च्याम्पियन

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सी स्ट्राइक्स ( कर्पोरेट महिला क्रिकेट” प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै […]

आईआईएनले बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गर्ने

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरको आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । जसअनुसार, घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनीयरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमाको बीमा सर्भेयर सम्बन्धी आधारभूत तालिम आयोजना गरिने आईआईएनले जनाएको छ । तालिममा भाग लिनका बीमा नियमावली, २०८१ बमोजिम बीमा सर्भेयर हुने योग्यता हासिल […]

एशियन लाइफको बीमालेख नविकरण गर्दा छुटको व्यवस्था

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमलेखहरू नविकरण गर्दा लाग्ने ब्याजमा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। कम्पनीका अनुसार गत चैत मसान्तसम्म बीमाशुल्क तिर्नु पर्ने मितिले छ महीना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेखहरू आज वैशाख १२ देखि आउँदो असार २० गतेसम्म रिन्यू गर्दा छुट पाइँनेछ। कम्पनीले आजबाट परिपक्व हुन बाँकी अवधि १० […]

हिमालयन रिइन्स्योरेन्सलाई वैदेशिक रोजगार बीमा कोष सञ्चालनको अनुमति

काठमाडौं ।नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगारी म्यादी जीवन बीमासँग सम्बन्धित सामूहिक बीमा कोष सञ्चालनको जिम्मा पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सलाई दिएको छ। यो सँगै वैदेशिक रोजगार बीमालेखबाट संकलित रकम व्यवस्थापन गर्ने कार्य आगामी चार वर्षसम्म उक्त कम्पनीले एकल रूपमा सञ्चालन गर्नेछ। प्राधिकरणले २०८१ मा तयार पारेको निर्देशनको पाँचौं दफामा व्यवस्था भएअनुसार स्वीकृत पुनर्बीमा कम्पनीले पालैपालो चार–चार […]

१५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गर्दै सूर्यज्योतिले मनायो १७ औं वार्षिकोत्सव

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको गरिमामय यात्रा पुरा गरी १७ औं वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा कम्पनीका अध्यक्ष, संचालकहरु, निवर्तमान संचालकहरु,प्रमुख कार्यकारी अधिकृत,उच्च व्यवस्थापन लगाएत विभागीय प्रमुखहरु र १५ वर्ष भन्दा बढी अवधि सेवा गरी सम्मान प्राप्त गर्ने २१ जना कर्मचारीहरुको उपस्थिति रहेको […]