आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा उपचारसेवा लिदा १०% देखि २५% सम्म छुट प्राप्त हुने भएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप(IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा […]

जीवन र निर्जीवन बीमा कम्पनीहरुको लगानी ८ खर्बले नाघ्यो (कम्पनीको सूची सहित हेर्नुहोस् )

काठमाडौं ।बीमा कम्पनीहरुले लगानी वृद्धि गर्दै जाँदा कुल लगानी ८ खर्ब बढी पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म जीवन बीमा र निर्जीवन बीमाको गरेर लगानी ८ खर्ब १ अर्ब ८२ करोड ४१ लाख पुगेको हो । जसमा जीवन बीमा ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख र निर्जीवन बीमाको ६८ अर्ब ७ […]

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको साधारण सभा हुँदै बोनस सेयर प्रस्ताव पारित गर्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा आज बस्दैछ । सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले यसअघि सातौं वार्षिक साधारण सभाबाट निर्णय भएको ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव भने रद्द गर्ने बताएको छ । प्रस्तावित बोनस सेयरबाटै नेपाल […]

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, संचालकमा श्रेष्ठ र महर्जन निर्वाचित

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा सम्पन्न भएको छ। सभामा कम्पनीका शेयरधनी, संचालक समिति सदस्यहरू, नियामक निकायका प्रतिनिधिहरू तथा विशेष अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले स्वागत मन्तव्य दिंदै कम्पनीको हालसम्मको प्रगति, वित्तीय अवस्था तथा आगामी योजनाबारे संक्षिप्त […]

बीमा प्रतिबिम्बको दोस्रो संस्करण प्रकाशित

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालू आर्थिक वर्षको बैशाख मसान्तसम्मका बीमा क्षेत्रका मुख्य तथ्यांकहरूको विश्लेषण सहित बीमा प्रतिबिम्बको दोस्रो संस्करण आज प्रकाशन गरेको छ । यस संस्करणमा चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म जारी बीमालेख संख्या, प्रदेशगत रूपमा बीमालेख संख्या, बीमाशुल्क संकलन, बीमा दाबी भुक्तानी विवरण, जीवन बीमाको पहुँच, बीमकहरूको वित्तीय अवस्था, समर्पण तथा व्यतित विवरण, […]

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीवर्गलाई इला होटल एन्ड रिर्सोटमा १५ प्रतिशत सहुलियत

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोट अन्तर्गत रहेका होटलहरुका सेवामा १५ प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ । कम्पनी र इला होटल एन्ड रिर्सोट बिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा […]

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री वितरण

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले जेष्ठ २१ गते काठमाडौँको मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक नरेश थापा र शाखा प्रबन्धक रोजिना मानन्धरको उपस्थितिमा खाद्यान्न सामग्री उक्त आश्रमलाई हस्तान्तरण गरियो । हाल यस आश्रममा ३० जना आश्रित आमा बुबाहरुले सेवा लिँदै आइरहेका छन् । […]

सानिमा रिलायन्स लाईफको सीप विकास कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सिप विकास कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ १५ गते धुलिखेलमा र जेठ १७ गते चितवनको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक बनाउन कम्पनीमा अतुलनिय योगदान दिइरहेका अभिकर्ताहरुलाई बिशेष प्राथमिकता सहितको तालिम प्रदान गर्न छिमेकि मुलुक भारतका अनुभवी प्रशिक्षक विजय कुमार […]

नेपाल बीमा प्राधिकरणमा इजलास आजबाट सञ्चालनमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीसम्बन्धी उजुरी सुनुवाइका प्रयोजनाका लागि इजलास सञ्चालन ल्याएको छ । ललितपुरस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहीबार देखि इजलास सञ्चालनमा ल्याएको हो । प्राधिकरणका अध्यक्ष शरद ओझाले बिहीबारदेखि बीमा दाबीसम्बन्धी उजुरी सुनुवाइका लागि इजलास सञ्चालन गरेका हुन् । उनले उजुरी छिटो फर्छ्यौट गर्ने प्रतिबद्धता जनाए अनुरुप उक्त कामको थालनी गरेको बताए […]

नेपाल पुनर्बीमाको नाफा ५८ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा ५७.७१ प्रतिशत बढी खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको पुस मसान्तसम्म ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर ५३ करोड […]