सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेशनलाई आर्थिक सहयोग

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समता एजुकेशन फाउन्डेशनलाई पाँच लाख रुपैयाँ (रु. ५,००,०००/-) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। समता एजुकेशन फाउन्डेशन नेपालको शैक्षिक क्षेत्रमा स्थापित एक गैर–नाफामुखी संस्था हो, जसले “शिक्षा सबैका लागि” भन्ने मूल नारा अनुरूप आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका बालबालिकाहरूलाई सुलभ र गुणस्तरीय शिक्षा प्रदान […]

नेपाल लाइफ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सले २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९४ प्रतिशत […]

नेपाल बीमा प्राधिकरण र नबिल बैंकबीच ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि मंगलबार (कात्तिक २५ गते) ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे । कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले सो सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणालीलाई […]

जेन–जी आन्दोलनमा भएको क्षतिमा २३ अर्ब बीमा दाबी, ३ अर्ब माथि भुक्तानी

काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल बीमा दाबी करिव २३ अर्ब ४६ करोड ९१ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ३ अर्ब ६८ करोड ४१ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन्  । प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क […]

हिमालयन डिस्टिलरी ‘श्लोक’ हिमालयन प्रिमियम ह्विस्की बजारमा

काठमाडौं ।  हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ । कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरहरुमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार यो व्हिस्की उत्कृष्ट शिल्पकौशलको प्रतीक हो । क्वेरकस आल्बा (Quercus Alba) काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र Smoky Flavor को स्वाद […]

सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले आ. व. २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय प्रोत्साहनको कार्यक्रम  स्टार एजेन्सी मिट २०८२ सुदूर पश्चिम प्रदेश र नेपालगञ्ज  रिजन प्रदेशमा सम्पन्न  गरेको छ। सुदूर पश्चिम प्रदेश र  नेपालगञ्ज रिजनका अभिकर्ताहरु मध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम ब्यबसाय विधामा उत्कृष्ट ३ भित्र पर्न […]

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल

धुलिखेल । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताएका छन् । आइतबार बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै उनले युवालाई रोजगारी दिने र राजस्व सङ्कलन गरेर […]

नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न

काठमाडौं ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि इलाईट लिडर्स कन्क्लेभ भन्ने नाराका साथ ३ दिने “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम” ललितपुर स्थित होटल रोयल टुलिपमा सम्पन्न गरेको छ । आ.व. २०८१\२०८२ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ५२६ जना अभिकर्ताहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण […]

हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक पदमा गोपाल घिमिरे नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालक पदमा गोपाल घिमिरे नियुक्त भएका छन् । कम्पनीको कात्तिक २१ गते बसेको  सञ्चालक समिति बैठकमा घिमिरेलाई नियुक्त गरेको हो । उनलाई कात्तिक  २१ गतेदेखिनै लागू हुने गरी आगामी ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ।

सूर्यज्योति लाइफको दुई नयाँ शाखा विस्तार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको खजुरा र हिमाली क्षेत्र मुगु जिल्लाको गमगढिमा आफ्नो शाखा विस्तार गरेको छ। कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्ये नजर गर्दै आम जनता माझ बीमाको सहज पहुँच पुगोस् भन्ने हेतुले उक्त शाखा विस्तार गरेको हो । यी दुई शाखाहरुको विधिवत समुद्घाटन कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत,फर्सुराम मरासिनीले […]