सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री वितरण
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले जेष्ठ २१ गते काठमाडौँको मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक नरेश थापा र शाखा प्रबन्धक रोजिना मानन्धरको उपस्थितिमा खाद्यान्न सामग्री उक्त आश्रमलाई हस्तान्तरण गरियो । हाल यस आश्रममा ३० जना आश्रित आमा बुबाहरुले सेवा लिँदै आइरहेका छन् । […]

