दुई महिनामा बीमा प्राधिकरणमा ३२ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपाल बीमा प्राधिकरणमा ३२ वटा उजुरी दर्ता भएका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार चालु आवको साउन र भदौ महिनामा उक्त संख्यामा उजुरी परेका हुन् । प्राधिकरणका अनुसार दुई महिनामा केन्द्रीय कार्यालयमा २३, प्रदेश कार्यालयमा ९ गरी ३२ वटा उजुरी दर्ता भएका छन् । प्राधिकरणका […]

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनर ‘सलिको’

काठमाडौं । नेपाल प्रिमियर लिग ‘एनपीएल’ सिजन –२ को लागि सुदूरपश्चिम रोयल्सले इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई नियुक्त गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सुदूरपश्चिम रोयल्सको सीईओ प्रकाश खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापश्चात एनपीएल सिजन–२ को लागि सुदूरपश्चिम रोयल्सलाई कम्पनीले बीमा सेवा उपलब्ध गराउन भएको […]

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बीमामा सूचीकृत

बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बीमामा आबद्ध भएकामा हाल १५ हजार बढेर १ लाख ४१ हजार ५०९ जना पुगेका […]

बीमा प्राधिकरणद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्ने सम्बन्धमा र प्राधिकरणले पहिलो पटक व्यवस्था गर्न लागेको क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदाका सम्बन्धमा बीमकका राय सुझावहरू लिने […]

हिमालयन लाइफ इन्सुरेन्सका सीइओले दिए राजिनामा

काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सका सीइओ मनोज कुमार लाल कर्णले राजिनामा दिएका छन् । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समिति बैठकले उनको राजिनामा स्वीकृत पनि गरिसकेको छ । कर्णले व्यक्तिगत कारण उल्लेख गर्दै राजिनामा दिएका हुन् ।

क्षति न्युनिकरणमा शिखरको साथ, दियो ४२ करोड दाबी भुक्तानी

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा क्षति भएको सम्पत्तिको बीमा दावी भुक्तानीमा  शिखर इन्स्योरेन्सले अग्रणी भुमिका निर्जाह गरेको छ  ।  क्षेति भएको  १७ कार्यदिन असोज  २७ गतेसम्म शिखर इन्स्योरेन्सले २१८ दावी बापत ४२ करोड १० लाख ७४ हजार रुपैयाँ भुक्तानी दिएको जानकारी दिएको छ। जेनजी प्रदर्शनका क्रममा आगलागी, तोडफोड तथा लुटपाटको […]

जेनजी आन्दोलनमा भएको क्षतिमा २३ अर्ब २२ करोड रुपैयाँ बीमा दाबी, कति भयो भुक्तानी ?

काठमाडौं । देशमा हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कूल बीमा दाबी रकम करिव रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ । विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीको करिव रू. २३ अर्ब २२ करोड ८७ लाख दाबी […]

नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीको अवितरित हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरेको हो । कम्पनीले जेठ २९ गतेसम्म कायम सेयरधनीहरूका लागि साउन ६ गतेदेखि भदौ २ गतेसम्म हकप्रद सेयर निष्कासन गरी बाँडफाँड गरेकोमा संस्थापक समूहतर्फ ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख ९२ हजार ५७४ […]

सूर्यज्योति लाइफको व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशत छुट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएको बीमालेख नवीकरण गराउँदा लाग्ने ब्याजमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीका अनुसार व्यतित मितिबाट ५ वर्ष ननाघेकालाई ५० प्रतिशत छुट हुनेछ भने ५ वर्ष नाघिसकेको खण्डमा ३५ प्रतिशत छुट हुनेछ । यो छुट सुविधा आज असोज २२ गतेदेखि असोज २८ गतेसम्म मात्रै लागू हुने […]

निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी छलफल

काठमाडौं । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी तथा दाबी भुक्तानीको अवस्था, दाबी भुक्तानीमा आइपरेका समस्या र दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन गर्नुपर्ने कार्य लगायतका विषयमा नेपाल बीमा प्राधिकरणले आज निर्जीवन बीमक, लघु निर्जीवन बीमक र पुनर्बीकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव […]