नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बिराटनगरको होटल ईष्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ४२५ जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल […]

शिखर इन्स्योरेन्सको २० औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको २०औं वार्षिक उत्सव समारोह विविध कार्यक्रमसहित भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा २० वर्ष भन्दा बढी समय देखि कार्यरत ११ जना कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ३४ जना कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरेको छ । कम्पनीले विगतमा पनि हरेक […]

बीमा कम्पनीले गरे बाढी पहिरो क्षतिवापत् ६१ करोड बीमा भुक्तानी, मागदाबी भने ११ अर्ब (सूची सहित)

काठमाडौं । असोज दोस्रो साता आएको बाढी पहिरो पीडितलाई बीमाबापत्को रकम भुक्तानी गरिएको छ । बुधबार सम्म परेको बीमा दाबीवापत् ६१ करोड ७ लाख ९३ हजार ३८७ रुपैयाँ २३ पैसा भुक्तानी गरिएको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ । भुक्तानी भएको दाबी संख्या ९०२ रहेको छ । ३ हजार ४१८ बीमतिले बाढी पहिरोबाट धनजनको क्षति […]

जीवन बीमा कम्पनीहरुको नाफा १९ प्रतिशतले बढ्यो, सबैभन्दा बढी हिमालयन लाइफले कमायो नाफा

काठमाडौं ।मुलुकमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुको नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ वटा जीवन बीमा कम्पनीहरुले १ अर्ब ९२ करोड ४१ लाख नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पाहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले १ अर्ब […]

बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालबीच सम्झौता

काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपाल (ASN) बीच बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मक ढङ्गले कार्य गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र ASN का अध्यक्ष प्रेक्षा माथेमाले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीपत्रमा प्राधिकरण र सोसाइटीले बीमाङ्कीय विज्ञान सम्बन्धमा समन्वयात्मकढङ्गले […]

पौन ५ करोडले बढ्यो नेपाल लाइफ इन्स्योरेन्सको नाफा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको कम्पनीको नाफा उल्लेखीय रुपमा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ५४ लाख ५ हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४ करोड ७४ लाख ७५ हजारले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १५ करोड ७९ ललाख ३० […]

करिब २ करोडले बढ्यो राष्ट्रिय बीमा कम्पनीको नाफा

काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीको नाफा बढेको छ । कम्पनीले जारी गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुरुप कम्पनीको मुनाफा १ करोड ८९ लाखले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ६५ लाख ७५ हजार नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको सोहि […]

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

काठमाडौं । ”एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ले ३ दिने ”इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको […]

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको बीमाङ्किय मूल्याङ्कन सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०।८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मूल्याङ्कन भई प्रतिवेदन नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट कात्तिक २६ गते स्वीकृत भएको हो । बीमा कम्पनीको अर्थिक अवस्था कस्तो रहेको छ भनी बुझ्ने एक महत्त्वपूर्ण आधारको रुपमा बीमाङ्किय मूल्याङ्कनलाई लिने गरिन्छ । नियामक […]

एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एनएलजी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । हकप्रद शेयर निष्काशनको लागि इन्स्योरेन्सले बुकक्लोज गरे पश्चात नेप्सेले कम्पनीको  शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले इन्स्योरेन्सको ६२.५६ प्रतिशत हकप्रदपछिको शेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको प्रतिशेयर शेयरमूल्य ८६२ रुपैयाँ १८ पैसा कायम भएको छ । नेप्सेले बुक क्लोज हुनुभन्दा […]