बीमा प्राधिकरणको नवनियुक्त सञ्चालक पोखरेलद्वारा सपथ ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष लिएकी हुन् । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा कोही […]

लाइफ इन्स्योरेसन्स कम्पनीको सञ्चालक समितिमा कोमल अग्रवाललाई निरन्तरता

काठमाडौं लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा कोमल अग्रवाललाई नियुक्त गरिएको छ । कम्पनीमा यस अघि पनि सञ्चालक समितिले अग्रवाललाई सञ्चालनको जिम्मेवारी दिएको थियो । फागुन २५ गते अग्रवालको कार्यकाल समाप्त भए सँगै उनलाई सञ्चालकको जिम्मेवारी पुन दिइएको हो । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालमा पुनः जिम्मेवारी दिने निर्णय गरेको थियो ।

नेपाल लाइफ इन्स्योरन्सका तीन जना संचालकहरु निर्वाचित

काठमाडौं । नेपाल लाइफ इन्स्योरन्सका तीन जना संचालकहरु निर्वाचित भएको छ । इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते वीरगन्जमा सम्पन्न भएको छ । उक्त निर्वाचनबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका छन् […]

शिखर इन्स्योरेन्सको दुई दशक पुरा, कम्पनीसम्बन्धी छोटो चलचित्र सार्वजनिक

काठमाडौं । निर्जीवन कम्पनी शिखर इन्स्योरेन्सले दुई दशक यात्रा पुरा गरेको छ । यसै अवसरमा कम्पनीले शिखर इन्स्योरेन्सको विषयवस्तु आधारित चलचित्र सार्वजनिक गरेको हो । ‘चलचित्रले हाम्रा ग्राहकहरूको जीवनका आरोह–अवरोहमा साथ दिँदै बिताएका २० अद्भुत वर्षहरूलाई उजागर गर्छ,’ कम्पनीले जारी विज्ञप्तिमा भनिएको छ । यस चलचित्रले ग्राहकहरूले कम्पनी माथि देखाएको विश्वास र दृढतासँगै, उनीहरूको जीवनमा […]

प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको संचालक समितिको आज बसेको बैठकले पदपूर्ति समितिको सिफारिशमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो । नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेका छन् ।  

बीमा प्राधिकरणको सञ्चालक सदस्यमा राधा पोखरेल नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको सदस्यमा राधा पोखरेल नियुक्त भएकी छिन् । अर्थमन्त्रालयले राधा पोखरेलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो । बीमा ऐन २०७९ मा बीमा प्राधिकरणको सदस्यमध्ये एक जना महिला अनिवार्य रुपमा नियुक्त गर्ने पर्ने प्रावधान छ ।  सोही व्यवस्था अनुसार पोखरेलाई सदस्यमा नियुक्त गरिएको हो । ऐनअनुसार प्राधिकरण सञ्चालकमा अध्यक्ष र […]

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं बाल स्वास्थ्य संस्थान (कीओएच) आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थालाई ३० लाख रुपैयाँ सहयोग गरेको हो । अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकालले कीओएचका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे । उक्त अवसरमा कम्पनीका संचालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी, कम्पनीका प्रमुख […]

बीमा प्राधिकरणले दाबी भुक्तानीको उजुरी ईजलाश मार्फत सुनुवाई गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि ईजलाश संचालन गर्ने भएको छ । प्राधिकरण संचालक समितिको फागुन २७ गते बसेको बैठकले मिति आगामी वैशाख १ गतेदेखि लागू हुने गरी प्राधिकरणमा दायर भएका बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाई गर्ने […]

प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिँदै

काठमाडौं । नेपाल बिमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बिमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाइ गर्ने प्रयोजनका लागि इजलास सञ्चालन गर्ने भएको छ । प्राधिकरण सञ्चालक समितिको यही २०८१ साल फागुन २७ गते बसेको बैठकले प्राधिकरणमा दायर भएका बिमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाइ गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा […]

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आबेदन दिने म्याद थप

काठमाडौं । नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आबेदन दिन समय थप भएको छ । कम्पनीले दुई अर्व एक करोड तेईस लाख साठ्ठी हजार छ सय उन्नाइसको २५ प्रतिशत प्रतिकित्ता १०० का दरले  २०८१ फागुन ८ देखी २८ सम्म  हकप्रद शेयर जारी  जारी गरेको हो । हकप्रदमा आबेदन दिने अन्तिम दिन सम्ममा पर्याप्त आबेदन नपरेपछि कम्पनीले हकप्रदको […]