१५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गर्दै सूर्यज्योतिले मनायो १७ औं वार्षिकोत्सव

काठमाडौं । जीवन बीमा कम्पनीहरुबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १६ वर्षको गरिमामय यात्रा पुरा गरी १७ औं वार्षिकोत्सव मनाएको छ। उक्त अवसरमा कम्पनीका अध्यक्ष, संचालकहरु, निवर्तमान संचालकहरु,प्रमुख कार्यकारी अधिकृत,उच्च व्यवस्थापन लगाएत विभागीय प्रमुखहरु र १५ वर्ष भन्दा बढी अवधि सेवा गरी सम्मान प्राप्त गर्ने २१ जना कर्मचारीहरुको उपस्थिति रहेको […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा साढे २९ करोड

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमाससम्म २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९० प्रतिशत बढेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय […]

निर्जीवन बीमा कम्पनीमध्ये आठको मात्र लाभांश घोषणा, कसको कति

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १३ वटा निर्जीवन बीमा कम्पनीमध्ये आठ कम्पनीले मात्र आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हालसम्म लाभांश घोषणा वा वितरण गरेका छन्। तीमध्ये ६ कम्पनीले लाभांश वितरण गरिसकेका छन् भने दुई कम्पनीको प्रस्तावित लाभांश स्वीकृतिको प्रक्रियामा रहेको छ। सानिमा जीआईसी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आईजीआई प्रोडेन्टियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स […]

नेको इन्स्योरेन्सको ७ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेको इन्स्योरेन्सले ७ प्रतिशत बोनस शेयर दिने भएको छ । इन्स्योरेन्सको वैशाख ११ गते बसेको सञ्चालक समितको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरिुलाई ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै उक्त बैठकले कर प्रयोजनाको लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस […]

नेपाल लाइफको एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसनसम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव […]

नेपाल बीमा प्राधिकरण र चीनको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेसनबीच स्वास्थ्य बीमा सम्बन्धी छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरण र चीनको सिचुवान प्रान्त अन्तर्गतको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनबीच सिचुवान प्रान्तको छेङ्दुमा आज स्वास्थ्य बीमा सम्बन्धी उच्चस्तरीय छलफल सम्पन्न भएको छ । नेपालबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेतृत्व गरेको टोली र चीनबाट सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनका उपमहानिर्देशक झाङ हेफेङ नेतृत्वको टोलीबीच स्वास्थ्य बीमा, स्वास्थ्य बीमा प्रणाली, स्वास्थ्य बीमा […]

सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाहरु बीच सम्झौता भएको छ । सम्झौता पत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले […]

सूचना सुरक्षाका लागि शिखर इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय प्रमाण पत्र

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि आइएसओ ISO/IEC 27001:2022 प्रमाणीकरण प्राप्त गरेको छ। इन्स्योरेन्सले प्रमाणिकरणसँगै सूचना सुरक्षामा उच्च प्रतिबद्धतालाई प्रमाणित गरेको भन्दै प्रतिकृया दिएको छ। इन्स्योरेन्सले जोखिम व्यवस्थापन, र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यप्रति सधैं समर्पित रहेको जनाएको छ। प्रमाणिकरणले शिखर इन्स्योरेन्सले कारोबारसँग सम्बन्धित सम्पूर्ण सूचनाहरूको उचित व्यवस्थापन, भण्डारण र वितरणका लागि […]

आईएमई लाइफको “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बासडरमा सुशिला रोका

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा सुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बासडर ९सद्भावनादुत० २०२५ घोषण गरेको छ । सुशिला रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि “सरल सवाधिक जीवन बीमा” योजना को सद्भावनादुत हुन सफल भएकी हुन् । यसै […]

९ बीमा कम्पनीले अझै पुर्याएनन् प्राधिकरणको न्यूनतम चुक्ता पुँजी, यस्तो छ योजना

काठमाडौं । सञ्चालनमा रहेका बीमा कम्पनीहरूमध्ये ९ वटाले नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्यूनतम चुक्ता पुँजी अझै पुर्याउन सकेका छैनन्। तीमध्ये ४ जीवन बीमा कम्पनी र ५ निर्जीवन बीमा कम्पनी छन्। यी कम्पनीहरूमा जम्मा ८ अर्ब ९२ करोड रुपैयाँको पुँजी अभाव देखिएको छ। न्यूनतम पुँजी पुर्याउन ९ मध्ये ७ कम्पनीले हकप्रद शेयरमार्फत पुँजी वृद्धि गर्ने तयारी […]