ईभी जोखिमहरूको व्यवस्थापनका लागि समयमै प्रभावकारी नीति ल्याउन नाडाको बीमा प्राधिकरणसँग माग

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेट गरी विद्युतीय सवारी साधनहरूको बीमा नीति निर्माण सम्बन्धमा छलफल गरेको छ। भेटवार्ता प्राधिकरण अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको हो। उक्त अवसरमा उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारी साधनहरूको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै हालसम्म बीमा नीति […]

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल नेपालको कर्णाली प्रदेश स्थीत बादी समुदायका करिब १३० जना अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको ‘बादी सरोकार मञ्च नेपाल’लाई महिना दिन भन्दा बढी समयसम्म पर्याप्त हुने खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ । यस सहयोग कार्यक्रम अन्तर्गत कम्पनीले चामल, दाल, तेल लगायत अत्यावश्यक […]

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक पोख्रेलको पदावधि समाप्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक मदन पोख्रेलको पदावधि समाप्त भएको छ। कम्पनीको सञ्चालक समितिको वैशाख ४ गते बसेको बैठकले सञ्चालक समितिका सदस्य मदन पोख्रेलको कार्यकाल समाप्त भएको जनाएको छ । उनको कम्पनीमा ३ वर्षे कार्यकाल रहेको थियो ।

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर सुनिश्चित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिन योग्य हुने शेयरधनी सुनिश्चित गर्ने आज (वैशाख ४ गते) अन्तिम दिन हो। कम्पनीले भोलि वैशाख ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। सोही कारण आजसम्म कम्पनीको शेयरधनी सूचिमा नाम रहेको लगानीकर्ताहरू मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र […]

बीमा प्राधिकरणको हस्तक्षेपले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको हकप्रद ल्याउने योजना तत्काल तुहियो

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले वैशाख ५ गतेका लागि तय गरेको विशेष साधारण सभा नेपाल बीमा प्राधिकरणको निर्देशनपछि स्थगित गरिएको छ। कम्पनीको चैत १८ गते सम्पन्न सञ्चालक समितिको बैठकले उक्त मिति तय गरेको थियो। हालै मात्र सार्वजनिक निष्कासन (आईपीओ) गरेको दुई महिना नपुग्दै कम्पनीले सतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित विशेष साधारण सभा बोलाएको […]

राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम साधारणसभा ४ बजे हुँदै

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बीमा संस्थान)ले बुधबार प्रथम साधारणसभा गर्दैछ । सभा काठमाडौंको रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्नेछ। कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयानुकूल संशोधनसमेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले […]

राजिनामा दिएको एक वर्षसम्म पनि संचालकहरुको शेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासंग आज भेटवार्ता गरेको छ । संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझालाई भेटेर बधाई एवं शुभकामना व्यक्त गरेको हो । अध्यक्ष ओझासंगको भेटका क्रममा संघले निर्जीवन बीमा व्यवसायमा देखिएको नीतिगत कठिनाईबारे ध्यानाकर्षण समेत गराएको छ । संचालकहरुको स्वामित्वमा भएको […]

स्वास्थ्य बीमाको प्रिमियम बढाउन उच्च स्तरिय आर्थिक सुधार सुझाव आयोगको सुझाव

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले स्वास्थ्य बीमाको प्रिम्रियम केही रकम बढाउन सुझाब दिएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले  स्वास्थ्य बीमाको हाल सम्मको सिर्जित दायित्व भूक्तानी गर्ने र स्वास्थ्य बीमाको बढ्दो  भार सम्वोधन गर्न स्वास्थ्यमा हानि गर्ने सुर्ति,चुरोट र मदिरामा स्वास्थ्य कर लगाएर बीमा कोषमा जम्मा गर्ने । स्वास्थ्य बीमाको प्रिमियम रकम […]

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण शेयर नेप्सेमा सूचीकरण, भोलिबाट कारोबार हुने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत गरिएको छ। आज नेप्से र कम्पनीबीच प्रति शेयर सय रुपैयाँ अंकित तथा चुक्ता मूल्यमा ७५ लाख कित्ता साधारण शेयर सूचीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको हो। कम्पनीले यसअघि एनआइएमबी एस क्यापिटल लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धनमा सर्वसाधारण समक्ष साधारण शेयर जारी […]

आईएमई लाइफको सजिलो ई-लोन सेवा सुरु

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कम्पनीका सञ्चालक समिति तथा उच्च ब्यवस्थापनको उपस्थीतिमा अध्यक्ष डा. रामहरी अर्यालले ई–लोन सेवा उत्घाटन गर्दै घरबाटै बीमित (पोलिसी होल्डर)ले ऋणको लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यो सेवा अन्तर्गत बीमितले घरबाटै आईएमई लाइफ मोबाइल एप वा वेबसाइटका माध्यमबाट ५ हजार देखि […]