सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर घोषणा
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको सञ्चालक समितिको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब १८ करोड ४० लाखको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । […]

