चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा

हङकङ । चीनको व्यापार अधिशेष सन् २०२५ मा करिब १२ खर्ब अमेरिकी डलरको ऐतिहासिक रेकर्डमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । बुधबार सार्वजनिक गरिएको विवरणअनुसार संयुक्त राज्य अमेरिकामा निर्यात सुस्त भए पनि अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार हुँदा समग्र अधिशेष उल्लेखनीय रूपमा बढेको हो । चिनियाँ भन्सार प्रशासनका अनुसार सन् २०२५ मा चीनको […]

इरानमा विरोध प्रदर्शन : मृतकको सङ्ख्या दुई हजार ५७१ पुग्यो

दुबई। इरानमा विरोध प्रदर्शनमा मृतकको सङ्ख्या दुई हजार ५७१ पुगेको छ । सरकारले प्रदर्शन नियन्त्रण गर्न सञ्चार माध्यमहरू बन्द गरेपछि स्थानीय नागरिकहरूले बाहिरका साथीभाइसँग मङ्गलवारदेखि पहिलो पटक फोनमार्फत सम्पर्क गरेका छन् । इरानी राज्य टेलिभिजनले पहिलोपटक मृतकहरूको पुष्टि गर्दै ‘धेरै शहीदहरू’ भएको जनाएको छ । विरोध प्रदर्शन सुरुमा आर्थिक सङ्कटका कारण भएको थियो, तर पछि […]

इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो

तेहरान । इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मङ्गलबार आंशिक रूपमा खुकुलो पारेको छ । देशभर फैलिएको रक्तपातपूर्ण विरोध प्रदर्शनपछि पहिलोपटक इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा फोन कल गर्न अनुमति दिइएको हो । तर इन्टरनेटमा लगाइएका प्रतिबन्ध भने यथावत् राखिएका छन् र एसएमएस टेक्स्ट सन्देश सेवा अझै पुनः सञ्चालन गरिएको छैन । पछिल्ला दिनहरूमा राज्यविरुद्धको […]

विश्व खाद्य कार्यक्रमद्वारा सन् २०२६ मा खाद्य असुरक्षाको सङ्कट बढ्ने चेतावनी जारी

रोम। संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का कार्यकारी निर्देशक सिन्डी म्याककेनले सन् २०२६ मा विश्वव्यापी भोकमरीको सङ्कट बढ्ने चेतावनी दिँदै ३१ करोड ८० लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको गम्भीर समस्याको सामना गरिरहेको बताउकी छिन् । युएन न्यूज सेन्टरका अनुसार म्याककेनले बढ्दो खाद्य सङ्कटलाई समाधान गर्न “द्रुत, रणनीतिक र निर्णायक कार्य“ आवश्यक रहेको उल्लेख […]

युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु

युक्रेन। युक्रेनको उत्तरपूर्वी सहर खार्किवमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले मङ्गलबार बताएका छन्। “खार्किवको बाहिरी इलाकामा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको तथा छ जना घाइते भएको गर्भनर सिनेगुबोभले टेलिग्राम मार्फत बताएका हुन् । युक्रेनको दोस्रो सहर खार्किवका मेयर इगोर टेरेखोभले लामो […]

जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

नारा (जापान) । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मङ्गलबार पश्चिमी जापानको ऐतिहासिक सहर नारामा जापानी प्रधानमन्त्री साने ताकाइचीसँग शिखर सम्मेलनका लागि भेटवार्ता गरेका छन् । कहिलेकाहीँ तनावपूर्ण रहने द्विपक्षीय सम्बन्ध सुधार गर्ने लक्ष्यसहित आयोजित यस भेटमा व्यापार, क्षेत्रीय सुरक्षा तथा चीन र उत्तर कोरियाबाट उत्पन्न चुनौतीहरू प्रमुख एजेन्डा बनेका छन् । टोकियोले चीनसँग गहिरिँदो […]

मोदी–मेर्ज वार्ता गान्धीनगरमा

अहमदाबाद । प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन सङ्घीय चान्सलर फ्रेडरिक मेर्जसँग सोमबार गान्धीनगरमा प्रतिनिधिमण्डल स्तरको वार्ता गरेका छन् । चान्सलर मेर्जको यो भारतप्रतिको पहिलो आधिकारिक भ्रमण हो, जुन भारत–जर्मनी कूटनीतिक सम्बन्धको ७५ वर्ष र रणनीतिक साझेदारीको २५ वर्ष पूरा भएको अवसरसँग मेल खान्छ । दुई दिने आधिकारिक भ्रमणमा रहेका चान्सलर मेर्जको यो भ्रमणको मुख्य उद्देश्य भारत […]

अनलाइन सुरक्षा सुनिश्चित गर्न अष्ट्रेलियाको नयाँ कदम

सिड्नी । मेटाले सोमबार अष्ट्रेलियालाई १६ वर्ष मुनिका किशोरहरूको लागि विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको छ । यसैबीच कम्पनीले नयाँ कानुन अनुसार पाँच लाख ४४ हजार भन्दा बढी खाता ब्लक गरेको जनाएको छ । गत वर्ष डिसेम्बर १० देखि अष्ट्रेलियाले मेटा, टिकटक र युट्युब जस्ता ठूला प्लेटफर्महरूलाई अवयस्क प्रयोगकर्ताहरूले खाता नखोल्ने […]

इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४

दुबई। इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सङ्ख्या कम्तीमा ५४४ पुगेको मानव अधिकार कार्यकर्ताहरूले बताएका छन् । यसैबीच, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि तयार भएको दाबी गरेका छन्, तर अवस्था गम्भीर बन्दै गएमा बैठकअघि नै कडा कदम चाल्नुपर्ने चेतावनी पनि दिएका छन् । आइतबार राति एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा […]

क्युवासँगको सम्बन्धमा बाह्य हस्तक्षेप अस्वीकार्यः भेनेजुएला

काराकास। भेनेजुएलाले आइतबार क्युवासँगको आफ्नो ‘ऐतिहासिक धारणा’ पुनः दोहो¥याउँदै भ्रातृत्व, ऐक्यबद्धता, सहकार्य र सिद्धान्तप्रति दृढ प्रतिबद्धता व्यक्त गरेको छ । वाशिङ्टनबाट क्युवासँगको सम्बन्ध तोड्न बढ्दो दबाबका बाबजुद भेनेजुएलाले आफ्नो अडान कायम राखेको हो । भेनेजुएला सरकारले जारी गरेको एक विज्ञप्तिमा जनताको आत्मनिर्णयको अधिकार र सार्वभौमिकताको स्वतन्त्र अभ्यासप्रति आफ्नो समर्थन दोहो¥याइएको छ । सरकारका अनुसार यी […]