युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु हनुका साथै धेरै घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार रेलमा लक्षित ड्रोन आक्रमणले पाँच यात्रुसहित मङ्गलबार युक्रेनभरि कम्तीमा १२ जनाको ज्यान लिएको केही घण्टापछि यो ताजा आक्रमण भएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बमबारीले शान्ति प्रयासलाई कमजोर बनाएको उल्लेख गर्दै युद्ध […]

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल। दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उनलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लङ्घनका आरोपबाट भने मुक्त गरेको छ । त्रिपन्न वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आउनुभएको थियो । […]

अफगानिस्तान सरकारद्वारा तीन करोड ८० लाख अमेरिकी डलर भन्दा बढीका २१ वटा पूर्वाधार परियोजना स्वीकृति

काबुल । अफगानिस्तानको राष्ट्रिय खरिद आयोगले दुई अर्व ५० करोड अफगानी (लगभग तीन करोड ८० लाख अमेरिकी डलर) बराबरका २१ वटा पूर्वाधार परियोजनाहरू स्वीकृत गरेको छ । आर्थिक मामिला उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरको अध्यक्षतामा बसेको आयोगले विभिन्न क्षेत्रका ३३ वटा प्रस्तावित खरिद परियोजनाको समीक्षा गरी २१ वटा स्वीकृत गरेको जनाइएको छ । स्वीकृत पहलमा […]

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

नयाँदिल्ली । भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले मङ्गलबार राति जारी गरेको विज्ञप्तिमा उन्नत निगरानी, प्रयोगशाला परीक्षण तथा क्षेत्रीय अनुसन्धानमार्फत सङ्क्रमण फैलिन नदिइएको स्पष्ट पारेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार जनावरबाट मानिसमा सर्ने निपाह भाइरसको हालसम्म […]

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

ब्रसेल्स  । युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा पाइपलाइन ग्यास र तरल प्राकृतिक ग्यास (एलएनजी) दुवैको रूसी आयातलाई चरणबद्ध रूपमा हटाउने कानून स्वीकृत गरेका छन् । ईयू परिषद्ले विज्ञप्ति जारी गर्दै नयाँ नियमहरूमा ऊर्जा आपूर्तिको प्रभावकारी अनुगमन र विविधीकरणका उपायहरू पनि समावेश गरिएको उल्लेख गरेको छ । नयाँ कानून अनुसार युरोपेली युनियनमा […]

अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको वाचा

बेइजिङ। केही हप्ताअघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मदुरोलाई हटाएको संयुक्त राज्य अमेरिकाको बारम्बार धम्कीको परिप्रेक्ष्यमा चीनले मङ्गलबार क्युबालाई ‘समर्थन र सहयोग’ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बेइजिङ र हवाना लामो समयदेखि समाजवादी साझेदार रहेका छन् । चिनियाँ अधिकारीहरूले संयुक्त राज्य अमेरिकाले दशकौँदेखि टापुमा लगाएको आर्थिक नाकाबन्दी र प्रतिबन्धहरूको लगातार विरोध गर्दै आएका छन् […]

अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय : युनिसेफ

काठमाडौं । अफगानिस्तानमा शिक्षाको अवस्था दयनिय र महत्त्वपूर्ण मोड़मा पुगेको उल्लेख गर्दै संयुक्त राष्ट्रङ्घीय बाल कोष ९युनिसेफ०ले १० वर्ष मुनिका ९० प्रतिशत भन्दा बढी बालबालिकाहरुले साधारण लेख पढ गर्न नपाएको जनाएको छ । युनिसेफद्वारा जारी प्रतिवेदनले अफगानिस्तानको परिस्थितिलाई “सिकाइबिनाको विद्यालय शिक्षा“ को सङ्कटको रुपमा उजागर गरेको छ । यसै गरी प्रारम्भिक बाल्यकाल शिक्षामा निरन्तर लगानी, […]

सन् २०२६ को सुरुवातमै भूमध्यसागरमा सयौं आप्रवासी बेपत्ता : संयुक्त राष्ट्रसङ्घ

जेनेभा। संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले सन् २०२६ को जनवरीमा मात्र डुङ्गा डुबेका कारण भूमध्यसागरमा सयौं आप्रवासीहरू बेतत्ता भएको जनाएको छ । खराब मौसमले खोजी र उद्धार कार्यमा गम्भीर बाधा पुर्याएको उल्लेख गर्दै आइओएमले विज्ञप्ति मार्फत दुर्घटना प्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।आइओएमले रिपोर्टहरूको अनुसन्धान गरिरहेको पुष्टि गर्दै सन् २०२६ को […]

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

नयाँदिल्ली ।भारत र युरोपेली सङ्घ (इयु) बीच करिब दुई दशकदेखि चल्दै आएको वार्तापछि अन्ततः एक विशाल र बहुप्रतीक्षित व्यापार सम्झौता सफलतापूर्वक सम्पन्न भएको छ । मङ्गलबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटमा दुवै पक्षका नेताहरूले यस सम्झौतालाई औपचारिक रूप दिने तयारी गर्दै यसलाई ‘सबै सम्झौताको जननी’ भनेर व्याख्या गरेका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर […]

सिङ्गापुरको निर्माण क्षेत्रमा वृद्धि, औषधि उत्पादनमा कमी

काठमाडौँ । सिङ्गापुरको निर्माण उत्पादन डिसेम्बर सन् २०२५ मा वार्षिक आधारमा ८.३ प्रतिशतले बढेको सरकारको तथ्याङ्कले सोमबार देखाएको छ । मौसमी रूपमा समायोजित आधारमा, नोभेम्बरसँग तुलना गर्दा कुल उत्पादन १३.३ प्रतिशत घटेको छ । ६ वटा प्रमुख समूहमध्ये इलेक्ट्रोनिक्स, यातायात इन्जिनियरिङ् र प्रिसिजन इन्जिनियरिङ्ले वार्षिक वृद्धि देखाएका छन् । यसमध्ये इलेक्ट्रोनिक्सले ३०।८ प्रतिशतले सबैभन्दा ठूलो […]