राष्ट्रसंघीय विज्ञहरूद्वारा अफगान प्रहरीले महिलामाथि गरेको दमनको निन्दा

काठमाडौं ।संयुक्त राष्ट्रसंघका विज्ञहरूको समूहले अफगानिस्तानको पश्चिमी शहर हेरातमा महिलामाथि गरिएको दमनको निन्दा गर्दै प्रतिबन्धको विरोधका क्रममा कम्तिमा दुई जना व्यक्तिको मृत्यु भएको बताएको छ । पछिल्लो समयमा हेरातको प्रहरीले शनिबार दर्जनौँ महिलालाई शरीर पुरै छोप्ने लुगा चादर वा बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाइएको छ । यी नियमहरुको विरोधमा भएको प्रदर्शनलाई बलपूर्वक तोडि एक […]

युनलाई थप ३० वर्ष जेल सजाय

काठमाडौं । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उनका पूर्व रक्षामन्त्री किम योङ ह्युनलाई शुक्रबार ३० वर्षको जेल सजाय सुनाइएको छ । यसअघि मार्सल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो […]

इरान–अमेरिका सम्झौता अन्योलमा

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता हुन सक्ने दाबी गर्दै सैन्य आक्रमणको धम्की स्थगित गरिएको बताए पनि तेहरानले भने कुनै अन्तिम निर्णयमा नपुगेको स्पष्ट पारेको छ । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने भनिएको सम्भावित सम्झौताबारे दुवै पक्षका फरक–फरक दाबी सार्वजनिक भइरहेका छन् । तेहरानस्थित विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले शुक्रबार वार्ता जारी […]

ताइवानी सेनाले चीनतर्फ मोबाइल प्रक्षेपण प्रणाली गर्यो परिक्षण

काठमाडौं । अमेरिकी सहयोगमा प्राप्त मोबाइल रकेट प्रक्षेपण प्रणाली ताइवानले चीनको दिशातर्फ परीक्षण प्रक्षेपण गरेको छ। ताइवानको सेनाले बुधबार चीनतर्फको दिशामा ‘सुट-एन्ड-स्कुट’ (प्रहार गरेर तुरुन्तै स्थान परिवर्तन गर्ने) मोबाइल रकेट प्रक्षेपकमार्फत रकेट प्रहार गर्दै सम्भावित चिनियाँ आक्रमणको प्रतिकार कसरी गर्न सकिन्छ भन्ने प्रदर्शन गरेको हो। अमेरिकाद्वारा उपलब्ध गराइएको हिमार्स (HIMARS) प्रणाली यसअघि पनि परीक्षण गरिए […]

अमेरिका–इरान सैन्य तनाव : पाकिस्तानको मध्यस्थता प्रयास

काठमाडौं ।अमेरिका र इरानबीच जारी सैन्य तनावबिच पाकिस्तानले द्वन्द्व समाधानका लागि मध्यस्थता प्रयासमा सक्रिय भूमिका निर्वाह गरिरहेको जनाएको छ। इस्लामावादले परिस्थितिलाई नियन्त्रणमा ल्याउन ‘वार्ताको माध्यमबाट समाधान’ अपरिहार्य भएको भन्दै दुवै पक्षलाई कूटनीतिक संवादमा फर्किन आग्रह गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पत्रकारहरूसँग कुरा गर्दै पछिल्ला शत्रुतापूर्ण घटनाक्रमले आशावादी बन्न कठिन बनाएको भए पनि […]

स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा

काठमाडौं । इरान र अमेरिकाबीचको सैन्य तनाव एकाएक उत्कर्षमा पुगेको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार इरानी इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य बेसलाई लक्षित गरी जवाफी आक्रमण सुरु गरेको छ । इरानले विशेष गरी कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा मिसाइल प्रहार गरेको दाबी गरेको छ । यसअघि, अमेरिकी […]

मध्यपूर्व सङ्कट गहिरिँदै

काठमाडौं  । मध्यपूर्वमा शत्रुता तीव्र बन्दै जाँदा इरान र संयुक्त राज्य अमेरिका बीच बिहीबार फेरि हवाई आक्रमण र मिसाइल प्रहार आदान–प्रदान भएको छ । कुवेत र बहराइनसहितका संवेदनशील क्षेत्रमा तनाव फैलिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई रोकिएका वार्ता भङ्ग गरेको भन्दै ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ । अमेरिकी सेनाले दोस्रो चरणको हवाई आक्रमण सुरु […]

इरानलाई अमेरिका र बेलायतसहित २२ देशको चेतावनी

काठमाडौं । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि दबाब सिर्जना गर्दै आफ्ना भूभागमा हुने भनिएका आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल रोक्न संयुक्त चेतावनी दिएका छन् । ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू विदेशी भूमिमा असन्तुष्ट, पत्रकार तथा यहुदी र इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको […]

मध्यपूर्वमा फेरि तनाव

काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि चर्किँदा मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बनेको छ । अमेरिकी हेलिकप्टर दुर्घटनाका लागि तेहरानलाई जिम्मेवार ठहराउँदै अमेरिकाले बुधबार बिहान इरानका विभिन्न सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ भने त्यसको जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी लक्ष्य तथा सैन्य संरचनालाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । इरानी […]

फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ जना पुग्यो, १७ अझै बेपत्ता

काठमाडौं । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार जनाएको छ । एनडीआरआरएमसीका अनुसार अझै १७ जना बेपत्ता रहेका छन् भने ४८७ घाइते भएका छन् । एनडिआरआरएमसीले भूकम्पका कारण ३३ हजार भन्दा बढी घरपरिवारका लगभग एक लाख […]