भेनेजुएलामा ७.५ म्याग्निच्युडको भूकम्प पछि आपत्तकाल घोषणा

काठमाडौं । भेनेजुएलाको राजधानी काराकासमा केही सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्प गएपछि त्यहाँ त्रास फैलिएको छ। दोस्रो भूकम्प ७.५ म्याग्निच्युडको रहेको थियो, जुन दक्षिण अमेरिकी देश भेनेजुएलामा पछिल्लो एक शताब्दीमा आएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ। भूकम्पका कारण केही भवनहरू भत्किएका छन् भने नागरिकहरू सुरक्षाका लागि सडकमा निस्किएका छन्। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले […]

इरान युद्धमा ८७ अर्ब डलर माग

काठमाडौं । इरानसँगको युद्धका कारण बढ्दो सैन्य खर्चका बीच ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति र युद्ध व्यवस्थापनमाथि कङ्ग्रेसमा विवाद चर्किरहेका बेला आएको यो प्रस्तावले नयाँ राजनीतिक बहस पनि सिर्जना गरेको छ । ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले बुधबार […]

अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी

काठमाडौं । अष्ट्रेलियाको मुख्य भूमिमा अत्यधिक रोगजनक एभियन इन्फ्लुएन्जा (एच–फाइभ एन–वान) को तेस्रो केस पुष्टि भएपछि विज्ञहरूले देशको जैविक विविधतामाथि गम्भीर जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। दक्षिण अष्ट्रेलिया राज्यमा तीन समुद्री चराको मृत्यु एच–फाइभ एन–वान सङ्क्रमणका कारण भएको पुष्टि भएको छ । यसअघि पश्चिमी अष्ट्रेलिया राज्यमा पनि सङ्क्रमणका घटना देखिएका थिए। अष्ट्रेलियाको डेकिन […]

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

काठमाडौं ।  अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका आप्रवासन अदालत परिसरमा आप्रवासीलाई पक्राउ गर्न तत्काल रोक्न आदेश दिएएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउसमा फर्किएयता गृह सुरक्षा विभागका अधिकारीले शरणसम्बन्धी सुनुवाइ सकेर अदालतबाट बाहिरिने आप्रवासीलाई पक्राउ गर्ने अभ्यास अपनाएका थिए। आप्रवासन अदालतको सुनुवाइमा अनुपस्थित हुनु कतिपय अवस्थामा कानुनी उल्लङ्घन मानिने तथा […]

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

काठमाडौं । स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाजहरू १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सियल टाइम्स (एफटी) ले बुधबार बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदनलाई उदृत गर्दै रिपोर्ट गरेको छ । एलियान्जका समुद्री प्रमुख जस्टस हेनरिकले बेलायती दैनिक फाइनान्सियल टाइम्सलाई महत्वपुर्ण जमार्गको बन्दले बिमा कम्पनीहरूका लागि […]

बर्नह्याम सत्ताको सङ्घारमा

काठमाडौं । बेलायतको सत्तारूढ लेबर पार्टीमा नेतृत्व परिवर्तनको प्रक्रिया तीव्र बनेसँगै एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्री बन्ने दिशामा थप बलियो देखिएका छन् । सम्भावित प्रतिद्वन्द्वी मानिएका क्याबिनेट मन्त्री ड्यारेन जोन्सले नेतृत्व दौडमा सहभागी नहुने स्पष्ट गरेपछि बर्नह्यामको बाटो थप सहज बनेको छ । यसैबीच, राजीनामाको घोषणा गरिसकेका प्रधानमन्त्री किर स्टार्मरले आफ्नो कार्यकालको अन्तिम चरणमा अन्तर्राष्ट्रिय कूटनीतिक […]

नाइजेरियामा आक्रमण हुँदा २० जनाको मृत्यु

काठमाडौं । नाइजेरियाको मध्य पठार राज्यको कावेल समुदायका बासिन्दाहरूलाई लक्षित गरी अज्ञात सशस्त्र व्यक्तिहरूको समूहले आक्रमण गर्दा कम्तिमा २० जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ। पठार राज्यका प्रहरी प्रवक्ता अल्फ्रेड अलाबोलाई उदृत गर्दै सिन्ह्वाले आक्रमणकारीहरूले बोकोस स्थानीय सरकारी क्षेत्रमा कावेल समुदायमा गोली चलाएर आक्रमण सुरु गरेको र घटनास्थलबाट भाग्नु अघि बासिन्दाहरूलाई धारिला हतियारले प्रहार […]

अमेरिकी भुक्तानी प्रणालीको विकल्प खोज्दै युरोप, डिजिटल युरोका लागि तयारी तीव्र

काठमाडौं ।अमेरिकी भुक्तानी प्रणालीमाथिको निर्भरता घटाउँदै आफ्नै डिजिटल भुक्तानी संरचना निर्माण गर्ने उद्देश्यसहित युरोपेली सङ्घ (इयु) ले डिजिटल युरो परियोजनालाई अगाडि बढाएको छ । भिसा, मास्टरकार्ड, एप्पल पे र गुगल पेजस्ता अमेरिकी सेवाको विकल्पका रूपमा डिजिटल युरोलाई अघि सार्दै इयुले आफ्नो आर्थिक सार्वभौमिकता बलियो बनाउने रणनीति लिएको छ । यसै उद्देश्यका साथ युरोपेली सांसदहरूले मङ्गलबार […]

‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड

काठमाडौं ।  स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ मा स्पेनी लगानीकर्ता तथा व्यवसायी र नेपाल सरकार तथा निजी क्षेत्रबीच सहकार्य अभिवृद्धि गर्ने विषयमा जोड दिइएको छ। म्याड्रिडस्थित नेपाली दूतावासद्वारा आयोजित उक्त फोरमले स्पेनका लगानीकर्ता तथा व्यवसायी र नेपालका सरकारी तथा निजी क्षेत्रबीचको दूरी घटाई व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने उद्देश्य राखेको […]

हर्मुजमा इरानको दाबी

काठमाडौं ।अमेरिका–इरान युद्ध अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सम्पन्न वार्तापछि इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी आफ्नो प्रशासनिक नियन्त्रणमा रहने घोषणा गरेको छ । इरानका प्रमुख वार्ताकार तथा संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले युद्धअघि जस्तो अवस्था अब कहिल्यै नफर्कने र अन्तर्राष्ट्रिय कानूनअनुसार हर्मुज इरानद्वारा नै प्रशासित हुने बताए । स्विट्जरल्यान्डको बर्गनस्टक रिसोर्टमा अमेरिका र […]