ट्रम्पसँग व्यापारिक सहमति भएको राष्ट्रपति सीको भनाइ

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकासँग आर्थिक तथा व्यापारिक विषयमा सहमति कायम भएको जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार दक्षिण कोरियाको बुसानमा भएको भेटवार्तापछि चिनियाँ राज्य सञ्चारमाध्यम सिन्ह्वाले सो जानकारी दिएको हो । सन् २०१९ पछि पहिलोपटक भएको यो उच्चस्तरीय भेटमा विश्वका दुई ठूला अर्थतन्त्रबीच लामो समयदेखि चल्दै आएको व्यापारिक तनाव […]

शेख हसिनाको चेतावनी : ‘अवामी लिग बिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ’

नयाँदिल्ली । बङ्गलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगबिना हुने आगामी निर्वाचनले देशमा नयाँ विभाजनको ‘बीज रोप्ने’ चेतावनी दिएकी छन् । उनले एएफपीलाई पठाएको लिखित प्रतिक्रियामा, आफ्नो पतनपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै मानवता विरुद्धको अपराधको मुद्दालाई ‘न्यायशास्त्रको मजाक’ र ‘पूर्वनिर्धारित फैसला’ भन्दै कडा आलोचना गरिन् । सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको […]

गाजामा पुनः इजरायली आक्रमण, ३३ जनाको मृत्यु

काठमाडौं । गाजा पट्टी फेरि एकपटक युद्धको ज्वालामा फसेको छ । इजरायलले मंगलबार राति गरेको शक्तिशाली वायु–आक्रमणमा कम्तीमा ३३ जना नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतकमध्ये धेरैजसो महिला र बालबालिका रहेको बताइएको छ। यो आक्रमणको मूल कारण हामास र इजरायलबीचको पछिल्लो विवाद हो । केही दिनअघि हामासले इजरायलका एक बन्दीको शव फिर्ता गरेको थियो, […]

पूर्व प्रधानमन्त्री आबे हत्या प्रकरणमा अभियुक्त यामागामीमाथि सुनुवाइ सुरु

टोकियो । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या अभियोगको मुद्दा मङ्गलबारदेखि टोकियोमा औपचारिक रूपमा सुरु भएको छ । यस ऐतिहासिक प्रकरणमा अभियुक्त ४५ वर्षीय तेत्सुया यामागामीमाथि घरेलु हतियार प्रयोग गरी पूर्व प्रधानमन्त्रीको हत्या गरेको आरोप लगाइएको छ । मुद्दाको पहिलो दिन यामागामी अदालतमा उपस्थित हुँदा उनी कालो टप र खैरो पाइन्टमा देखिएका थिए । लामो […]

जेलेन्स्कीको आग्रह– “युरोपको निरन्तर सहयोग बिना लडाइँ कठिन”

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी सेनासँगको युद्ध अझै दुईदेखि तीन वर्षसम्म लम्बिन सक्ने भन्दै युरोपेली देशहरूसँग स्थिर आर्थिक सहयोगको माग गरेका छन् । उनका अनुसार, युक्रेनले सन् २०२२ फेब्रुअरीमा सुरु भएको पूर्ण रुसी आक्रमणपछि विदेशी सैन्य र आर्थिक सहयोगकै भरमा आफ्नो प्रतिरक्षा जारी राखिरहेको छ । “मैले सबै युरोपेली नेताहरूसँग स्पष्ट रूपमा भनेको […]

केन्यामा विमान दुर्घटनाहुँदा १२ जनाको मृत्यु

नैरोबी । केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रसिद्ध मासाई मारा नेसनल रिजर्भको दियानीबाट किचवा टेम्बो जाँदै गरेको ५–वाई–सिसिए विमान दुर्घटनाग्रस्त भएको केन्या नागरिक उड्डयन प्राधिकरण (केसीएए) ले विज्ञप्ति मार्फत पुष्टि गरेको छ । “विमानमा १२ जना यात्रु रहेको पुष्टि गर्दै दुर्घटनाको कारण […]

विश्व बजारमा सुनको भाउ घट्ने क्रम रोकिएन, मंगलबार पनि ५० डलर भन्दा धेरैको गिरावट

काठमाडौं । विश्व बजारमा सुनको भाउ घट्ने क्रमले निरन्तरता पाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९२८ डलरमा कारोबार हुँदैछ । यो समाचार तयार पार्दै गर्दा (१ बजेर २४ मिनेट) सुन प्रतिऔंस ५३ डलरले घटेको छ । गएको अक्टोबर २१ देखि सुन लगातार जस्तो घटेको छ । प्रतिऔंस ४ हजार ३५५ डलरमा पुगेर बन्द […]

चीनद्वारा ‘बहुध्रुवीय संसार’ को आगमनको स्वागत

बेइजिङ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आसन्न उच्चस्तरीय वार्तापूर्व चीनका विदेशमन्त्री वाङ यीले सोमबार ‘बहुध्रुवीय संसारको आगमन’ लाई स्वागत गर्दै वासिङ्टनको नीतिबाट विश्व बजार अस्थिर भएको आरोप लगाएको छ । “आर्थिक र व्यापारिक विषयलाई राजनीतिकरण गर्नु, विश्व बजारलाई कृत्रिम रूपमा विभाजन गर्नु र व्यापार युद्ध तथा कर युद्धको सहारा लिनु विश्व […]

जापानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आपूर्ति पुर्‍याउन नयाँ कार्गो यान सफलतापूर्वक प्रक्षेपण

टोकियो । जापानको अन्तरिक्ष एजेन्सीले आइतबार आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागशिप एच–३ रकेटको सफल प्रक्षेपण गरेको छ । यसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आपूर्ति पुर्‍याउने पहिलो मिसनका लागि नवीनतम मानव रहित कार्गो अन्तरिक्ष यान एचटिभी–एक्स–१ बोकेको छ । जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एचटिभी–एक्स–१ सफलतापूर्वक उडान भरेको पुष्टि गर्दै जापानको दक्षिणी क्षेत्रमा अवस्थित तानेगासिमा […]

रुसद्वारा नयाँ आणविक क्षमतायुक्त क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’ को सफल परीक्षण

मस्को : रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार देशले विकास गरेको नयाँ आणविक–सञ्चालित क्रुज मिसाइल ‘ब्युरेभेस्टनिक’ को अन्तिम सफल परीक्षण सम्पन्न भएको औपचारिक घोषणा गरेका छन् । उनले यस मिसाइललाई ‘संसारमा अद्वितीय र अतुलनीय सिर्जना’ भन्दै यसको रणनीतिक क्षमताको प्रशंसा गरे । क्रेमलिनले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत युक्रेनमा जारी युद्धका बीचमा आयोजित उच्चस्तरीय सैनिक बैठकलाई सम्बोधन […]