मध्यपूर्व युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा पुनः आक्रमण

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको बताएको छ । इजरायलले बुधबार पनि दक्षिण लेबनानमा आक्रमण जारी राखेको छ । इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह विरुद्धको कारबाहीको निरन्तरताका लागि आक्रमण जारी राखिएको जनाइएको छ । इजरायलले लेबनानमा युद्ध जारी रहेको उल्लेख गर्दै लेबनानको ४० किलोमिटरभन्दा बढी क्षेत्रका लागि निकासी आदेश जारी […]

तनावबीच उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार

सियोल। दक्षिण कोरियासँग सम्बन्ध सुधारको सम्भावनालाई नै अस्वीकार गर्दै उत्तर कोरियाले लगातार दोस्रो दिन समुद्रतर्फ छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । कूटनीतिक कटुता बढिरहेका बेला भएको यस कदमले कोरियाली प्रायद्वीपमा तनाव थप चर्किने सङ्केत दिएको छ । दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार बुधबार उत्तर कोरियाको पूर्वी तटीय वोनसन क्षेत्रबाट प्रक्षेपित क्षेप्यास्त्रहरू […]

अमेरिका–इरान अन्तिम क्षणमा युद्धविराम, दुवै पक्षद्वारा जीतको दाबी

वासिङ्टन। एक महिनाभन्दा बढी समयदेखि चलेको भीषण द्वन्द्वपछि अन्तिम घडीमा अमेरिका र इरान दुई हप्ताको अस्थायी युद्धविराममा सहमत भएका छन् । तर गोलीबारी रोकिए पनि दुवै पक्षले आफूलाई विजेता घोषणा गरेकाले तनावको मूल कारण अझै समाधानतर्फ नपुगेको सङ्केत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तय गरेको समयसीमा सकिन एक घण्टा बाँकी रहँदा सहमति जुटेको […]

इरानको युरेनियम व्यवस्थापन गरिने ट्रम्पको दाबी

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावकाबीच अमेरिका र इरानबीच अस्थायी रूपमा दुई हप्ताको युद्धविराम घोषणा गरिएको छ, जसले विश्व समुदायमा केही राहतको अनुभूति गराएको छ । यस घटनाक्रममा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युरेनियम सम्बन्धी विषय “पूर्ण रूपमा व्यवस्थापन गरिनेछ” भन्ने दाबी गरेका छन् । उनको यो भनाइले युद्धविराम केवल सैन्य रोक मात्र नभई रणनीतिक रूपमा […]

अमेरिका–इरान युद्धविराममा इजरायलको साथ

जेरुसेलम । अन्तिम क्षणमा टरेको ठूलो युद्धपछि अमेरिका र इरानबीच भएको दुई हप्ताको अस्थायी युद्धविरामलाई इजरायलले समर्थन जनाएको छ, तर लेबनान यस सहमतिबाट बाहिर रहेको स्पष्ट पार्दै क्षेत्रीय तनाव अझै कायमै रहने सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सम्भावित विनाशकारी आक्रमण स्थगित गर्ने निर्णय लिएपछि वासिङ्टन र तेहरानबीच मङ्गलबार राति युद्धविराममा सहमति […]

१ करोड ४० लाख नागरिक बलिदानका लागि तयार : इरानी राष्ट्रपति

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा नजिकिँदै गर्दा इरानी राष्ट्रपतिले १ करोड ४० लाखभन्दा बढी नागरिक देशको रक्षाका लागि जीवन बलिदान गर्न तयार रहेको पुष्टि गरेका छन । राष्ट्रपति मसुद पेजेस्कियानले एक्समा पोस्ट गर्दै आफू पनि देशका लागि बलिदान दिन तयार रहेको बताए । “एक करोड ४० लाखभन्दा बढी गर्वित इरानीहरूले […]

भियतनाम : कम्युनिस्ट पार्टी प्रमुख टो लाम राष्ट्रपतिमा चयन

काठमाडौं । भियतनामले कम्युनिस्ट पार्टीका महासचिव टो लामलाई सर्वसम्मतिले राष्ट्रपतिको रूपमा निर्वाचित गरेको छ । यसले उनलाई पार्टी र राज्य दुवैमा आफ्नो अधिकार सुदृढ गर्न पाँच वर्षको कार्यकालका लागि सशक्त बनाएको छ । यो निर्णय भियतनामको परम्परागत साझा नेतृत्वको मोडलबाट फरक छ, जसमा सामान्यतया शक्ति विभाजन हुने गरेको थियो र यसले चीनका राष्ट्रपति सी जिनपिङ […]

भारतमा ९ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली। भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको हत्या गरेको आरोपमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय सुनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) को विज्ञप्ति अनुसार तमिलनाडु राज्यको मदुराईका जिल्ला न्यायाधीशले मङ्गलबार व्यापारी जयराज र उनका छोरा बेनिक्सको हिरासतमा हत्या भएको घटनामा अधिकारीहरूलाई दोषी गरेएको थियो । जेल जीवन बिताइरहेका उनीहरुलाई प्रहरी अधिकारीहरूले […]

भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ

नयाँदिल्ली। भारतले आफ्नै आणविक इन्धन उत्पादनतर्फ महत्त्वपूर्ण फड्को मारेको छ । घरेलु प्रविधिबाट डिजाइन गरिएको प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टर (पिएफबिआर) ले सफलतापूर्वक नियन्त्रित आणविक शृङ्खला प्रतिक्रिया सुरु गरेको छ । यसलाई ‘क्रिटिकल’ अवस्था भनिन्छ । यो चरण पार गर्नु विद्युत् उत्पादन सुरु हुनु अघि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । ऊर्जा माग तीव्र गतिमा बढिरहेको र हरितगृह […]

इजरायली सेनाको निशाना गलत हुँदा लेबनानी राजनीतिज्ञको मृत्यु

जेरुसेलम। इजरायली सेनाले आइतबार लेबनानमा हेजबुल्लाहका नेतालाई लगाएको निशाना गल्तीवस अर्का एक व्यक्तिलाई लाग्दा हेजबुल्लाहको प्रमुख विरोधी राजनीतिक समूहका वरिष्ठ नेता मारिएको इजरायली सेनाले स्वीकार गरेको छ। आइतबारको घटनामा इजरायली आक्रमणमा मारिएका एक व्यक्ति हेजबुल्लाहको प्रमुख विरोधी राजनीतिक समूह लेबनानी फोर्सेज पाटीका वरिष्ठ नेता भएको पुष्टि भएको छ। आइडिएफले आफ्नो लक्ष्यमा प्रहार गने क्रममा भूलवस […]