अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल। अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पु¥याइरहेको छ । विश्व खाद्य कार्यक्रमका अफगानिस्तान प्रमुखका अनुसार अन्तर्राष्ट्रिय समुदायले यस सङ्कटमा महिला र बालबालिकालाई सहयोग पु¥याउन असफल भएको छ । देशमा सन् २०२१ देखि तालिबानको शासन छ र त्यसपछि दाताहरूको सहायता लगातार घट्दै आएको छ । सन् २०२४ सालमा विश्व खाद्य कार्यक्रममा आएको सहयोग […]

युनलाई पाँच वर्ष कैद

सियोल । दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । सन् २०२४ को अन्त्यतिर उहाँले जारी गर्नुभएको आदेश तथा त्यससँग जोडिएका अन्य आरोपहरूमा दायर आठवटा आपराधिक मुद्दामध्ये यो युनविरुद्धको पहिलो अदालत फैसला हो । ती मुद्दाहरूमा […]

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने घोषणा गरेका छन् । जुन प्यालीष्टिीनी क्षेत्रमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी योजनामा उल्लेखित निकाय हो । सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले परिषद्को गठन भएको घोषणा गर्नु ठूलो सम्मानको कुरा भएको उल्लेख गर्दै यसका सदस्यहरूको सूची चाँडै सार्वजनिक हुने बताएका छन् । उनले परिषद्लाई सबैभन्दा […]

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

दुबई  । राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त राज्य अमेरिकासँग तनाव तीव्र बन्दै गएपछि इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका लागि आफ्नो हवाई क्षेत्र घन्टौँका लागि बन्द गरेको छ । प्रमुख पूर्व–पश्चिम अन्तर्राष्ट्रिय उडान मार्गमा पर्ने इरानले जारी गरेको पाइलट मार्गनिर्देशनअनुसार यो बन्द चार घण्टाभन्दा बढी समयसम्म कायम रह्यो […]

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा भई स्वदेश फिर्ता

काबुल। गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान कैदीहरू सुरक्षित रूपमा अफगानिस्तानमा फर्केको अफगानिस्थानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ । कानुन बमोजिम आवाश्यक कागजातको अभावका कारण विभिन्न पाकिस्तानी जेलहरुमा बन्दी बनाएर राखिएका कैदीहरू रिहा भए सँगै दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तानमा प्रवेश गरेको जनाइएको छ […]

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

काठमाडौं । खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर बढ्दो कूटनीतिक तनावबीच युरोपेली देशहरूका सैन्य कर्मचारीहरू बिहीबारदेखि ग्रिनल्यान्ड आइपुग्न थालेका छन् । वासिङ्टनमा अमेरिकी, डेनिस र ग्रिनल्यान्डका अधिकारीहरूबीच भएको उच्चस्तरीय बैठकले ‘मौलिक असहमति’ समाधान गर्न नसकेको केही समयपछि यो सैन्य तैनाथी सुरु भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त डेनमार्क क्षेत्र ग्रिनल्यान्डलाई […]

गाजामा स्वास्थ्य सेवा जबरजस्ती बन्द गर्न इजरायली सेनाको आदेश

काठमाडौं । सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले अन्तर्राष्ट्रिय कानून विपरित छापा मारेको युएनआरडब्लुएका आयुक्त–जनरल फिलिप लाजारिनीले  बताएका छन् । लाजारिनीले सामाजिक सञ्जाल एक्समा इजरायली सेनाहरू“ “पूर्वी जेरुसेलमको युएनआरडब्लुए र संयुक्त राष्ट्रको परिसर भित्र प्रवेश गरी स्वास्थ्य केन्द्र वन्द गर्ने आदेश दिएको बताए । प्यालेस्टिनी शरणार्थीहरूलाई प्राथमिक स्वास्थ्य सेवामा पहुँचबाट वञ्चित गर्दै […]

अमेरिकाले नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने

काठमाडौं । अमेरिकाले ७५ देशका नागरिकलाई आप्रबासी भिसा बन्द गर्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार गरेको यो निर्णयमा नेपाल पनि परेको छ । मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा प्रक्रिया स्थगित गरेको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार, निर्णय नोभेम्बरमा जारी गरिएको बृहत्तर आदेशअनुरूप हो र अमेरिकी सरकारमाथि आर्थिक भार बन्न सक्ने […]

चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा

हङकङ । चीनको व्यापार अधिशेष सन् २०२५ मा करिब १२ खर्ब अमेरिकी डलरको ऐतिहासिक रेकर्डमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । बुधबार सार्वजनिक गरिएको विवरणअनुसार संयुक्त राज्य अमेरिकामा निर्यात सुस्त भए पनि अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात विस्तार हुँदा समग्र अधिशेष उल्लेखनीय रूपमा बढेको हो । चिनियाँ भन्सार प्रशासनका अनुसार सन् २०२५ मा चीनको […]

इरानमा विरोध प्रदर्शन : मृतकको सङ्ख्या दुई हजार ५७१ पुग्यो

दुबई। इरानमा विरोध प्रदर्शनमा मृतकको सङ्ख्या दुई हजार ५७१ पुगेको छ । सरकारले प्रदर्शन नियन्त्रण गर्न सञ्चार माध्यमहरू बन्द गरेपछि स्थानीय नागरिकहरूले बाहिरका साथीभाइसँग मङ्गलवारदेखि पहिलो पटक फोनमार्फत सम्पर्क गरेका छन् । इरानी राज्य टेलिभिजनले पहिलोपटक मृतकहरूको पुष्टि गर्दै ‘धेरै शहीदहरू’ भएको जनाएको छ । विरोध प्रदर्शन सुरुमा आर्थिक सङ्कटका कारण भएको थियो, तर पछि […]