महत्त्वपूर्ण खनिज आपूर्तिमा ट्रम्प योजना

वासिङ्टन । ट्रम्प प्रशासनले जेट इन्जिनदेखि स्मार्टफोनसम्म अत्यावश्यक मानिने महत्त्वपूर्ण खनिजहरूको आपूर्ति शृङ्खला चीन बाहिर सुरक्षित गर्न हालसम्मकै सबैभन्दा ठूलो योजना सार्वजनिक गर्ने तयारी गरेको छ । यस योजनाअन्तर्गत साझेदार मुलुकहरूसँग खरीद सम्झौता गर्दै करिब दुई अर्ब अमेरिकी डलर बराबरको कोष परिचालन हुने अपेक्षा गरिएको छ । विदेशमन्त्री मार्को रुबियोले दर्जनौँ युरोपेली, एसियाली र अफ्रिकी […]

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

दुबई। इरानका राष्ट्रपति मासउद पेज़ेश्कियनले देशका विदेशमन्त्रीलाई अमेरिकासँग ‘निष्पक्ष र समान वार्ता’ अगाडि बढाउन निर्देशन दिए  । त्यसैबीच, अमेरिकी नौसेनाले एक इरानी ड्रोन माथि आक्रमण गरेको छ, जसले अमेरिकाको विमानवाहक पोत नजिक उडान भरेको थियो । इरानी क्रान्तिकारी गार्डका तीव्र गतिका डुङ्गाहरूले पनि ‘स्ट्रेट अफ होर्मुज’मा अमेरिकी झण्डा बोकेको जहाजलाई रोक्ने प्रयास गरेका थिए । […]

एयर इन्डियाद्वारा बोइङ ७८७ इन्धन स्विच निरीक्षण सुरु

काठमाडौं । एयर इन्डियाले आफ्नो ३३ बोइङ ७८७ विमानमा सम्भावित दोषका कारण इन्धन नियन्त्रण स्विचको निरीक्षण सुरु गरेको छ । यो जानकारी कम्पनीको आन्तरिक नोटमा मङ्गलबार उल्लेख गरिएको छ । भारतीय अधिकारीहरूले गत वर्ष ड्रीमलाइनर दुर्घटनाको जाँच गर्दै गर्दा ७८७ विमानमा केही समयपछि २६० जनाको मृत्यु हुने घटनासँग सम्बन्धित विवरण पाएका थिए । एयर इन्डियाका […]

इरानमा सरकार विरोध प्रदर्शन जारी, प्रदर्शनमा संलग्न १४० विदेशी पक्राउ

तेहरान  । इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मङ्गलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक […]

अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध

वासिङ्टन ।  संयुक्त राज्य अमेरिकामा फैलिएको शक्तिशाली हिउँको आँधीको कारण २४ सय भन्दा बढी उडानहरू रद्द भएको जनाइएको छ । उत्तरी क्यारोलिनाको शार्लोट डगलस अन्तर्राष्ट्रिय विमानस्थल कार्यलयले आँधीको कारण शनिबार – आइतवार सम्मा १८ सय भन्दा बढी उडानहरू रद्द गर्न बाध्य पारेको बताएको छ । यसै विच हाल रनवे र सडकमा हिउँ सफा गर्नका लागि […]

युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित

किएभ । युक्रेनमा शनिबार एक ठूलो प्रविधिगत असफलताका कारण देशभर विद्युत् आपूर्ति ठप्प भएको छ । अधिकारीहरूले उक्त घटना युक्रेनको ऊर्जा प्रणालीमा एक आपतकालीन सङ्कटको रूपमा वर्णन गरेका छन् । युक्रेनका ऊर्जामन्त्री डेनीस श्मिहालले टेलिग्राममा जानकारी दिँदै यो समस्या स्थानीय समय अनुसार बिहान १०ः४२ बजे सुरु भएको बताएका छन्  । रोमानिया र मोल्दोभासँग जोडिएका विद्युत् […]

पाँच दशकपछि नासाको मानवसहित चन्द्र यात्रा तयारी अन्तिम चरणमा

केप क्यानाभेरलघ । नासाले पाँच दशकभन्दा बढी समयपछि पहिलो पटक अन्तरिक्ष यात्रीसहित चन्द्रमातर्फ प्रक्षेपण गर्ने ऐतिहासिक मिसनका लागि तयारी तीव्र बनाएको छ । अमेरिकाको फ्लोरिडास्थित केप क्यानाभेरलमा नासाले शनिबार दुईदिने अभ्यासात्मक काउन्टडाउन (र्प्याक्टिस काउन्टडाउन) सुरु गरेको हो, जसले नयाँ चन्द्र रकेटमा इन्धन भर्ने प्रक्रियासम्म पुग्ने तयारी परीक्षण गर्नेछ । यो परीक्षण सफल भएमा चार जना […]

चुनावको प्रतीक्षामा थलिएको बङ्गलादेशी अर्थतन्त्र

ढाका । सन् २०२४ को विद्रोहले वर्षौँदेखि चल्दै आएको स्वेच्छाचारी शासनको अन्त्य गरेपछि बङ्गलादेश राजनीतिक परिवर्तनको चरणमा छ । तर यस परिवर्तनसँगै देशले गहिरो आर्थिक सङ्कट पनि भोगिरहेको छ । कपडा उद्योगमा काम गर्ने लाखौँ मजदुरमध्ये सबिना खातुनजस्ता धेरैका लागि फेब्रुअरी १२ मा हुने चुनाव नै फेरि आशा जगाउने एकमात्र आधार बनेको छ । शेख […]

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब सबै युरोपेली सङ्घ (इयु) का सेनालाई आतङ्कवादी समूह मानेको बताएका छन् । इयुले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा गरेपछि यो प्रतिक्रिया आएको हो । इयुको घोषणा देशव्यापी विरोध प्रदर्शनमाथि भएको रक्तपातपूर्ण दमनको सन्दर्भमा गरिएको थियो । पूर्व गार्ड कमान्डर समेत रहेका संसद […]

अमेरिकामा ट्रम्प प्रशासनको नयाँ नीतिः स्थानीय सहकार्य बिना सङ्घीय कारबाही हुँदैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही शहरहरूमा भइरहेका प्रदर्शनका क्रममा स्थानीय निकायले अनुरोध नगरेसम्म सङ्घीय सरकारले हस्तक्षेप नगर्ने बताएका छन् । शनिबार वासिङ्टनमा बोल्दै ट्रम्पले गृहमन्त्री क्रिस्टी नोएमलाई स्पष्ट निर्देशन दिइएको उल्लेख गर्दै सङ्घीय सहायता आवश्यक परेमा मात्र हस्तक्षेप गरिने बताए । आप्रवासन नीतिमा कडाइ गरेपछि उहाँको प्रशासनको व्यापक आलोचना भइरहेका बेला ट्रम्पको उक्त अभिव्यक्ति […]