इस्लामाबादमा इमामबर्गाहमा विस्फोट: २४ जनाको मृत्यु, १०१ घाइते

काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबारको नमाजका क्रममा एक इमामबर्गाहमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । विस्फोट इस्लामाबादको टरलाइ क्षेत्रमा रहेको इमामबर्गाह खादिजा अल–कुब्रा मा भएको हो। घटनाका बेला मस्जिदमा ठूलो संख्यामा श्रद्धालुहरू उपस्थित थिए। यो आक्रमण उज्बेकिस्तानका राष्ट्रपति शवकत मिर्जियोयेभको दुईदिने आधिकारिक पाकिस्तान भ्रमणकै क्रममा […]

डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि

काठमाडौं । डलरमा लगातार गिरावटको बावजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा अफगानिस्तानको आयातमा निर्भर अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको टोलो न्यूजले जनाएको छ । विगत सात महिना देखि घरेलु बजारमा डलर कमजोर भई हाल प्रति डलर करिब ६५ अफगानीमा कारोबार भइरहेको जनाइएको छ । यद्देपी पिठो, चामल र खाना पकाउने तेल जस्ता आवश्यक वस्तुहरूको मुल्य तीव्र […]

इरान–अमेरिका ओमान वार्ता तयारी

मस्कट। घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका शुक्रबार ओमानमा वार्ता गर्न तयारी अवस्थामा पुगेका छन् । वासिङ्टनले इरानी आणविक कार्यक्रमसहित अन्य विषयमा कूटनीतिक प्रगतिको सम्भावना छ कि छैन भन्ने जाँच गर्ने उद्देश्यले सैन्य कारबाहीलाई अस्वीकार गर्दै वार्तामा जान लागेको जनाएको छ । वार्ता स्थान, समय र ढाँचाबारे लामो अनिश्चिततापछि बुधबार राति पुष्टि […]

अन्तर्राष्ट्रिय आणविक सन्धि समाप्त, नयाँ हतियार दौडको जोखिम

काठमाडौं । रुस र संयुक्त राज्य अमेरिकाबीचको अन्तिम बाँकी रहेको आणविक हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ बिहीबार समाप्त भएको छ । यो सन्धि समाप्तिले आधा शताब्दीभन्दा बढी समयपछि दुई ठुला आणविक शक्तिमा कुनै हतियार सीमा नहुने स्थिति सिर्जना गरेको छ । सन्धि समाप्त भएपछि विशेषज्ञहरूले नयाँ अनियन्त्रित आणविक हतियार दौडको खतरा बढ्ने चेतावनी दिएका छन् । […]

यूएई र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता

काबुल । संयुक्त अरब इमिरेट्स (यूएई) र पाकिस्तानको जेलबाट २६१ जना अफगान कैदी कैद मुक्त भई स्वदेश फिर्ता भएको जनाइएको छ । संयुक्त अरब इमिरेट्समा अफगानिस्तानको दूतावासको निरन्तर कूटनीतिक प्रयासको परिणामस्वरूप एमिराटी अधिकारीहरूले करिब १०८ जना अफगान बन्दीहरूलाई रिहा गरेको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । यो रिहाई युएईको राष्ट्रिय दिवसको अवसरमा गरिएको जनाइएको छ […]

अमेरिकी टेकबाट टाढिँदै इयु

ब्रसेल्स,। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किनुअघिसम्म युरोपेली सङ्घ (इयु) ले विदेशी शक्तिमाथिको आर्थिक निर्भरता घटाउने कुरा गर्दा त्यसको मुख्य अर्थ चीन नै मानिन्थ्यो । तर ट्रम्पको पुनरागमनसँगै ब्रसेल्सको ध्यान अब अमेरिकी प्रविधितर्फ केन्द्रित हुन थालेको छ । व्यापारमा दबाब सिर्जना गर्नेदेखि ग्रिनल्यान्ड कब्जाको धम्कीसम्म ट्रम्पका अभिव्यक्तिहरू तीव्र बन्दै गएपछि, चाहेको खण्डमा उनले युरोपलाई डिजिटल […]

बेलायतद्वारा बोइङ ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायत । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान बेलायतबाट प्रस्थान गरी सुरक्षा जाँचका लागि भारतमा अवतरण गरेपछि बेलायतको नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियासँग स्पष्टीकरण मागेको छ । रोयटर्सका अनुसार एक हप्ताभित्र पूर्ण जवाफ पेस नगरे एयर इन्डिया र यसको बोइङ ७८७ फ्लीटविरुद्ध नियमनकारी कारबाही सुरु गर्न सकिने भन्दै उड्डयन प्राधिकरणले फेब्रुअरी– ३ तारिखको […]

अमेरिका–रुस आणविक सम्झौता समाप्त हुँदै

काठमाडौं । अमेरिका र रूसबीचको अन्तिम बाँकी न्यु स्टार्ट आणविक हतियार नियन्त्रण सम्झौता बिहीबार समाप्त हुँदैछ । यसले आधा शताब्दीपछि पहिलोपटक दुई ठूला आणविक शक्तिमा कुनै सीमा नराख्ने अवस्था सिर्जना गरेको छ । सम्झौताको समाप्तिले नयाँ अनियन्त्रित आणविक दौडको जोखिम बढाउन सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौता एक वर्षका लागि […]

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित

साओ पाउलो। सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले वृद्धि भएको छ। यो जानकारी साओ पाउलो राज्यको उद्योग महासंघले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो उद्योग संगठनका अनुसार अमेरिकी भन्सार कर र वार्षिक १५ प्रतिशतको उच्च आधार ब्याजदरका कारण ब्राजिलको उद्योग क्षेत्र निरन्तर दबाबमा परेको छ। महासंघले सरकारद्वारा […]

मोदीद्वारा अमेरिकी व्यापार सम्झौताको स्वागत, विपक्षीबाट संवेदनशील क्षेत्रमा असरको प्रश्न

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सामानमा अमेरिकी आयात शुल्क घटाउने सम्झौताको स्वागत गरेका छन् । तर विपक्षी सांसदहरूले कृषि र संवेदनशील क्षेत्रमा पर्न सक्ने असरबारे प्रश्न उठाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतमा रुसी तेल खरिद घटाउने वा रोक्ने सर्तमा आयात शुल्क घटाउने योजना घोषणा गरेका हुन् । यसअनुसार भारतले अमेरिकी सामानमा […]