दरमखोला हाइड्रोले पायो आइपीओ बिक्री अनुमति

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीले आइपीओ निष्काशन तथा बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आइपीओ बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले चूक्ता पुँजीको ३८.३३ प्रतिशत अर्थात् ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशन […]

नेष्डो लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार कम्पनीका कुल ३ लाख ६३ हजार ३७५ कित्ता बोनस सेयर सूचीबद्ध भएका हुन्। कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही बोनस सेयरहरू अब औपचारिक […]

बजेटले बनाएन शेयर बजार सकारात्मक, उच्च अंकले नेप्सेसँगै घट्यो कारोबार

काठमाडौं । बजेट सार्वजनिक भए पछि खुलेको दोस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । आगामी आर्थिक वर्षको लागि जेठ १५ गते बजेट सार्वजनिक गरिए पश्चयात सोमबार करिब २ अंकले बढेको शेयर बजार मंगलबार उच्च अंकले घटेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा पुगेर बन्द भएको छ […]

ओटिसी बजारमा लगानीकर्ताको अरुचि बढ्दो, पौने २ अर्बको मात्र धितोपत्र कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बाट दोस्रो बजार कारोबार अन्तर्गत ओटिसी बजारमा करिब पौने २ अर्बबराबरको धितोपत्र कारोबार भएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म ओटिसी बजारमा १ अर्ब ७९ करोड बराबर धितोपत्र कारोबार भएको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा चालु आवमा ३२.९५ प्रतिशतले धितोपत्र कारोबार कम […]

शिखर इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा सूचीकृत गराएको छ। कम्पनीले फागुन १३ गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो। कम्पनीले बोनस शेयर सूचीकृत गरी दोस्रो बजारमा कारोबारका लागि खुला गरेको तीन महिनापछि सूचीकृत प्रक्रिया पूरा गरेको […]

विकास हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गरेको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको हो । कम्पनीले गत जेठ ६ गतेबाट पहिलो चरणको आइपीओ जारी गरेको थियो। मंगलबार बैंकिङ समयसम्म […]

ट्रेड टावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ)मा आजसम्म आवेदन दिन सकिनेछ । यसअघि आईपीओमा आवेदन दिने अन्तिम म्याद जेठ १९ गतेसम्म तोकिएकोमा एक दिन म्याद थप गरिएको थियो । कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता साधारण शेयर सार्वजनिक निष्कासनको अनुमति पाएको हो । त्यसमध्ये […]

बजेटले सामान्य बढायो नेप्से सँगै कारोबार रकम

काठमाडौं । बजेट सार्वजनिक भए पछि पहिलो दिन खुलेको शेयर बजार सामान्य अंकले बढेको छ । अर्थमन्त्री विष्णु पौडेललले आगामी आर्थिक वर्षको लागि जेठ १५ गते बजेट सार्वजनिक गरेका थिए । शेयर बजारका लागि बजेट सकारात्मक बन्दा त्यसको प्रभाव शेयर बजारमा देखिएको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ विन्दुमा […]

सन नेपाल लाइफको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ। मागअनुसार पर्याप्त आवेदन नपरेपछि सेयर बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले म्याद थप गरिएको जानकारी दिएको हो । यसअघि कम्पनीको हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । अब भने सेयरधनीहरूलाई असार ३ गतेसम्म बैंकिङ […]

ट्रेड टावरको आईपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने अवधि एक दिन थप गरिएको छ । अब लगानीकर्ताले जेठ २० गते अर्थात् भोलिसम्म आवेदन दिन सक्नेछन् । यसअघि आईपीओमा आवेदन दिने अन्तिम म्याद जेठ १९ गतेसम्म तोकिएको थियो । कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ […]