युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा आह्वान, हकप्रद शेयर प्रस्ताव संशोधन हुने
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लाभांश पारित गर्न र प्रस्तावित हकप्रद शेयर संशोधन गर्न असार ३० गते ३१औं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बजे सुरु हुने कम्पनीले जनाएको छ। सभामा आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र करसहित ०.५२६३ प्रतिशत […]

