धितोपत्र बोर्ड सदस्यबाट एफएनसीसीआई र आईक्यानको सदस्य हटाइने, इनसाइडर ट्रेडिङ गर्नेलाई तीन वर्ष जेल र तीन करोडसम्म जरिवाना
काठमाडौं । धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ संघीय संसदको प्रतिनिधि सभामा दर्ता भएको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयकमा धितोपत्र बोर्डमा अध्यक्ष कार्यकारी निर्देशक वा उपकार्यकारी निर्देशक भएको व्यक्ति पदबाट हटेको वा अवकाश पाएको २ वर्षसम्म बोर्डबाट अनुमति पाएको संस्थाको कुनै पनि पदाधिकारीको हैसियतमा काम गर्न नपाउने व्यवस्था गरेको छ । […]

