नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल एसबिआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैङ्कले साधारण सभा प्रयोजनार्थ पुस ७ गते अर्थात आइतबार बुकक्लोज गर्ने निर्णय गरेको छ  । बुक क्लोज अगाडि सम्म कायम शेयरधनीले कम्पनीहरुको साधारण सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । नेपाल एसबिआई बैंकले पुस २१ गते, […]

२६२८ मा खुम्चियो नेप्से, १ करोड पुगेन शेयर कारोबार कित्ता

काठमाडौं । शेयर बजार फेरि पनि घटेको छ । अघिल्लो बुधबार देखि निरन्तर घटेको शेयर बजार मंगलबार बढे पनि आज फेरि घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंकले घटेर ४५०.१२ विन्दुमा पुगेर बन्द भएको […]

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको साधारण सभा पुस २८ मा

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको […]

सिटि होटलको नवौं वार्षिक साधारण सभा पुस २६मा

काठमाडौं । सिटी होटल लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । होटलले कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न […]

तेह्रथुम पावर कम्पनीको साधारण सभा पुस २६ मा

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सातौँ वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले सभा वैभव पार्टी भेन्यु मैतिदेवीमा १२ः ३० मा गर्ने जनाएको छ । सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित […]

नेष्डो समृद्ध लघुवित्तले प्रस्ताव गर्‍यो १५ प्रतिशत लाभांश

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को लाभांश प्रस्ताव गरेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो […]

पाँचथर पावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । पाँचथर पावर कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हाल कायम रहेको जारी पूँजी १०० रुपैयाँ अंकति दरका ९६ लाख २५ हजार थानको १ः१ अनुपातमा ९६ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले हेवा खोला ए जलविद्युत आयोजनाको […]

नेपाल फाइनान्सले लाभांश वितरण नगर्ने

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । सोमबार बेलुका बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को लागि शेयरधनी सदस्यहरुलाई कुनै लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको जनाएको हो । यस कम्पनीले आर्थिक वर्ष ०६७/६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि […]

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट यस वर्ष लाभांश वितरण गर्ने भएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले […]

राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात पुस ४ गते एक दिनका लागि बुकक्लोज गर्दैछ । सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन । […]