एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरको ऋणपत्र बिक्रीमा ल्याएको हो । उक्त ऋणपत्रको अवधि १० वर्षको रहनेछ भने ब्याजदर वार्षिक ७.५० प्रतिशत तोकिएको छ […]

