बजेट बनाउन शाक्यको आवश्यकता, धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारीमा राना

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको सञ्चालकमा प्रतिनिधित्व गर्ने प्रतिनिधि फेरेको छ। धितोपत्र बोर्डमा प्रतिनिधित्व गर्ने सहसचिव रितेश शाक्यलाई फिर्ता बोलाएर अर्का सहसचिव नरेन्द्रकुमार रानालाई धितोपत्र बोर्डको जिम्मेवारी दिइएको छ। बजेट निर्माणमा शाक्यको आवश्यकता भएकाले अर्थमन्त्रालयले उहाँलाई धितोपत्र बोर्डबाट फिर्ता बोलाएर अर्का सहसचिव रानालाई जिम्मा दिइएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले इक्विटीनेपाललाई जानकारी दिए। […]

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, ५ अर्ब बढी कारोबार

काठमाडौं । साताको तेस्रो दिन आइपुग्दा सेयर बजार दोहोरो अंकले बढेको छ । यो सँगै सेयर बजार लगातार तीन दिन बढेको हो । मंगलबार सेयर कारोबार नेप्से परिसूचक २३.९४ अंकले बढेर २ हजार १ सय १५.९४ अंकमा पुगेर बन्द भएको छ । आइतबार ४५. ६९ र सोमबार २७.५४ अंकले बढेर बन्द भएको थियो । मंगलबार […]

आचार्यको अध्यक्षतामा नेशनल लघुवित्तको नयाँ सञ्चालक

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थामा नयाँ सञ्चालक नियुक्त भएका छन्। केशवप्रसाद आचार्यको अध्यक्षतामा नेशनल लघुवित्तको नयाँ सञ्चालक निर्वाचित भएका हुन्। नेशनल लघुवित्तको अन्य सञ्चालकहरुमा रविन सिजापती, क्षितिज खड्का, प्रदितकुमार रेग्मी, नरेन्द्रप्रसाद छत्कुली र रामकुमार तिमल्सिना रहेका छन्। जेठ २ गतको निर्वाचनबाट नयाँ सञ्चालकहरु निर्वाचित भएका हुन्।

प्रभु बैंङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैंङ्क लिमिटेडको ३६८०८४ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थाको शंस्थापक बिध्यमान शेयर धनीले सो संस्थापक शेयर खरिद गर्न चाहेमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको fit amd proper Test  को मापदण्ड पुरा हुने आबश्यक कागजात सहित सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंङ्ककको केन्द्रीय कार्यालय बबरमहल काठमाण्डौमा आफुले खरिद गर्न […]

नेपाल सोलार फार्म लिमिटेडले आईपीओ जारी गर्ने

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्रीमा जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरको १२ लाख कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त सम्बन्धमा नेपाल सोलार फार्म […]

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (एएचपीसी) को १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ […]

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थाको शंस्थापक  शेयर धनीले सो संस्थापक शेयर खरिद गर्न चाहेमा सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र मा आबश्यक कागजात सहित संस्थाको कर्पोरटर कार्यलय  नयाँबानेश्वर काठमाण्डौमा आफुले खरिद गर्न चाहेको शेयर संख्या कित्ता खुलाई निबेदन माग गरेको छ  । सो शेयर खरिद गर्न तोकिएको […]

चार लघुवित्तको २९ करोडको एफपीओ पाइपलाइनमा

काठमाडौं । चार कम्पनीको २९ करोड रुपैयाँ बराबरको २८ लाख भन्दा बढी थप सार्वजनिक निष्कासन (एफपीओ) पाइपलाइनमा रहेका छन् । एफपीओ निष्कासनका लागि नयाँ सारक्षी लघुवित्त वित्तीय संस्था लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, सूर्योदय बोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डमा […]

युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावरको २ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ। युनाइटेड इदी मर्दी आर बी हाइड्रोपावरको २ लाख ३१ हजार कित्ता बोनस सूचीकृत भएको छ। कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई वितरण गरेको ५.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। हाइड्रोपावरको बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो। […]

समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। समत घरेलु लघुवित्तको ५.४२ प्रतिशत अर्थात २ लाख १३ हजार ७२० कित्ता बोनस सेयर सूचीकृत भएको हो। लघुवित्तको बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि दोस्रो बजारमा कारोबार गर्न सक्ने छन् […]