सयपत्री हाइड्रोपावरको करिब २३ लाख कित्ता शेयरको ‘लक-इन’ साउन तेस्रो साता सकिँदै

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको २२ लाख ९३ हजार ३६१ कित्ता शेयरको ‘लक-इन’ साउन २३ गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापकतर्फको २१ लाख कित्ता, आयोजना प्रभावित स्थानीयतर्फको १ लाख ७ हजार ९४० कित्ता र कर्मचारीतर्फको १४ हजार ४२१ कित्ता शेयरको ‘लक-इन’ साउन २३ गतेपछि सकिने भएको हो । यी शेयर सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको […]

सूर्योदय वोमी लघुवित्तको २ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार कित्ता संस्थापक शेयर असार १९ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय महालक्ष्मीस्थान, ललितपुरमा आवेदन पेश गर्नुपर्नेछ । यो अवधिभित्र विद्यमान संस्थापक […]

आईपीओ निष्कासन गर्दै केटिएम हस्पिटालिटी , आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड विक्री प्रबन्धक

काठमाडौं । केटिएम ग्रुप होल्डिङ्सअन्तर्गत सञ्चालित ४५ करोड चुक्तापूँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । उक्त कम्पनीले रु १२ करोड ५० लाख बराबरले हुने रु १०० का दरले १२ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको आईपीओ निष्कासनका लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड तथा केटिएम हस्पिटालिटी […]

साताको शेयर : ४ प्रतिशतले नेप्से बढ्दा कारोबार ८० अर्ब बढीले बढ्यो बजार पुँजीकरण

काठमाडौं । असारको पहिलो र दोस्रो साता नकारात्मक रहेको शेयर बजार असार तेस्रो साता भने सकारात्मक अवस्थामा आएको छ । असारको सुरुदेखि नै नकारात्मक रहेको शेयर बजार असार तेस्रो साता आइपुग्दा भने यो साताभर शेयर बजार बढेको छ । यो साता साताभर नेपाल स्टक एक्सचेञ्जे (नेप्से) परिसूचक बढ्दा कारोबार रकम समेत बढ्न पुगेको हो । […]

पाँच वर्ष पुरानो लाभांश बुझ्न लाइफ इन्स्योरेन्स कर्पोरेशनको आग्रह

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझ्न आग्रह गरेको छ । कम्पनीले हालै सूचना जारी गर्दै ३५.५३ प्रतिशत नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरूलाई सम्पर्क गर्न भनेको छ । कम्पनीको २०७६ साल साउन २४ गते बसेको १७ औं वार्षिक साधारणसभाले सेयरधनीहरूलाई ३५.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो […]

एशियन लाइफको शेयरमूल्य समायोजन

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ५ दशमलव १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बिहीबार कायम अन्तिम शेयरमूल्य ५३८ रुपैयाँ ४४ पैसाको आधारमा नेप्सेले कम्पनीको बोनस पछिको शेयरमूल्य प्रतिकित्ता ५१९ रुपैयाँ ७७ पैसा तोकेको […]

गरिमा विकास बैंकको ९८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ९८ हजार २८ दशमलव ८४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री नभएपछि यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरेको हो । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, […]

पौने ६६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्दै नेपाल इन्स्योरेन्स

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको आधारमा ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ […]

हिम स्टार उर्जाको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । हिम स्टार उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याई शेयरको बाँडफाँड सम्पन्न गरेको छ। एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा भएको उक्त आईपीओ बाँडफाँड कम्पनीले सार्वजनिक जानकारी गराएको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख ८६ हजार ५०० कित्ता साधारण […]

प्रभु महालक्ष्मी लाइफको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न तीन जना संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि दिएको आवेदनअनुसार कम्पनीले १ लाख ४८ हजार ६०० कित्ता संस्थापक शेयर बिक्रीका लागि सूचना जारी गरेको हो । संस्थापक शेयर बिक्रीका लागि संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ ।  कम्पनीले हाललाई […]