संस्थापकले नकिनेपछि हिमालयन बैंकको शेयर सर्वसाधारणमा जारी

काठमाडौँ । हिमालयन बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि जारी गरेको छ । बैंकले ३१ हजार २३७ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । बैंकले यसअघि संस्थापक शेयर बिक्रीका लागि पहिलो प्राथमितामा संस्थापक शेयरधनीका लागि ३५ दिने सूचना जारी गरेको थियो । तर उक्त अवधिमा निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि १५ दिने सूचना जारी गरेको हो […]

जोशी हाइड्रोपावरलाई ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ। सेबोनले सोमबार कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको हो। कम्पनीले मङ्सिर २० गते धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पेश गरेको थियो। बोर्डको स्वीकृति पश्चात अब कम्पनीले कुल २४ लाख १४ हजार १ सय […]

चार दिन पछि बढ्यो शेयर बजार, उच्च अंकले नेप्से बढ्दा कारोबार रकम घट्यो

काठमाडौं । निरन्तर चार दिन घटे पछि साताको पहिलो दोस्रो दिन सोमबार शेयर बजार बढेको छ । मंगलबार देखि आइतबारसम्म घटेको शेयर बजार सोमबार भने दोहोरो अंकले बढेको हो । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४५१.७१ विन्दुमा […]

नासा सेक्युरिटिजले सञ्चालनमा ल्यायो नयाँ टिएमएस

काठमाडौं । ब्रोकर नम्बर ५८, नासा सेक्युरिटिजले अत्याधुनिक प्रविधिसहितको आफ्नै कारोबार प्रणाली नासा एक्स सञ्चालनमा ल्याएको छ। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायाण श्रेष्ठको हातबाट सेयर कारोबार प्रणाली नासा एक्स सञ्चालनको शुभारम्भ गरिएको हो । देश विदेशमा रहेका आफ्ना लाखौं ग्राहकहरूलाई छिटो, छरितो सेवा र प्रयोगकर्ता मैत्री अनुभव दिन सो कारोबार प्रणाली सञ्चालनमा ल्याइएको हो। नासा […]

एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । जेठ २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । इन्स्योरेन्स सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५.१० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। उक्त लाभांश नेपाल […]

अप्पर सोलु हाइड्रोको सवा करोड शेयरको लकइन अवधि सकिँदै

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको करिब सवा करोड कित्ता शेयरको लकइन अवधि सकिदै छ । कम्पनीका अनुसार १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो । कम्पनीका अनुसार १ करोड १ लाख ९२ हजार ५०० कित्ता संस्थापक शेयर, १३ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका […]

रिलायबल लाइफको शेयर मूल्य समायोजन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीकाे प्रस्तावित १२ प्रतिशत बाेनसमा शेयर मूल्य समायाेजन गरेकाे हाे । १२ प्रतिशत बोनस समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४५२.६७ रुपैयाँ कायम भएको छ । आइतबार कम्पनीको अन्तिम पटक ५०६.९९ रुपैयाँमा शेयर कारोबार भएको थियो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको […]

सानिमा रिलायन्स लाइफको ६ लाख बढी कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ६ लाख १८ हजार ५८८ कित्ता बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट ८ प्रतिशत नगद र १.२४८९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । कम्पनीले वितरण गरेको सोही बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत […]

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको साधारण सभा हुँदै बोनस सेयर प्रस्ताव पारित गर्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा आज बस्दैछ । सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले यसअघि सातौं वार्षिक साधारण सभाबाट निर्णय भएको ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव भने रद्द गर्ने बताएको छ । प्रस्तावित बोनस सेयरबाटै नेपाल […]

११.०६ अंकले घट्यो नेप्से, ९ अर्ब १३ करोडको कारोबार

काठमाडौं ।कारोबार साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक घटेको छ । नेप्से आज ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा आएको छ । आइतबार नेप्सेमा ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बराबरको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर कारोबार भएको छ । ३१३ कम्पनीको शेयर ८६ हजार ६३६ पटक कारोबार भएको […]