नेप्सेसँगै बढ्यो कारोबार रकम

काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.३८ अंकले बढेको छ । बजार २७५८.४९ विन्दुमा पुगेरा बन्द भएको छ । ३३६ वटा कम्पनीको ५४ हजार ३३३ पटक्को कारोबार १ करोड  ८ लाख ४७ हजार ६५३ कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँ पुगेको छ ।कारोबार रकम […]

बुद्धभूमि नेपालको हकप्रद सेयर बाँडफाँड, झण्डै ५ लाख कित्ता लिलामीमा आउने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको गत चैत २२ गतेदेखि वैशाख २८ गतेसम्म बिक्री खुला गरिएको हकप्रद सेयर बाँडफाँड भएको छ। कम्पनीले गत माघ २९ गतेसम्म कायम साविक सेयरधनीहरूका लागि १ सेयर बराबर नयाँ १ शेयर (१ः१) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ४० लाख कित्ता हकप्रद सेयर खुला गरेको थियो। बिक्री अवधिभर […]

कालंगा हाइड्रोको आईपीओ आवेदन खुल्ला

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा आजदेखि आवेदन खुल्ला हुने भएको छ । कम्पनीले आजदेखि आम सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गरिसकेको कम्पनीले अब सर्वसाधारणमा जारी गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोडको ३५ प्रतिशत अर्थात ४९ करोड बराबर […]

रिलायबल समृद्धि योजना २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले बैशाख २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष रिलायबल समृद्धि योजना २ को इकाई खरिदका लागि आवेदन दिने आज (जेठ ८ गते) अन्तिम दिन रहेको छ । सो योजनाको इकाई खरिदका लागि जेठ १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएपनि मागभन्दा बढी आवेदन परेका कारण […]

१० वर्षमा लगानीकर्ताले तिरे ६२ अर्बभन्दा बढी पुँजीगत लाभकर, बजार घट्दा सरकारको आम्दानीमै चिन्ता

काठमाडौं । १० वर्षमा सेयर कारोबार गर्ने लगानीकर्ताले सरकारलाई ६२ अर्ब रुपैयाँ भन्दा धेरै पुँजीगत लाभ कर तिरेका छन् । लगानीकर्ताले २०७३-७४ देखि चालु आवको १० महिनासम्म ६२ अर्ब १७ करोड ५६ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ । यसबीच लगानीकर्ताले २०७७-७८ मा राज्यलाई १४ अर्ब १३ करोड र २०७८-७९ […]

नेप्से घट्दा, कारोबार रकम बढ्यो

काठमाडौं । बिहीबार नेप्से घट्दा कारोबार रकम बढेको छ । बिहीबार नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा पुगेर बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स १.५७ , फोल्ट इन्डेक्स ०.८७ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.५५ अंकले घटेको हो । यसदिन ३४८ वटा कम्पनीको ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर खरिद बिक्रीहुँदा कारोबार रकम ३ […]

ग्रामीण विकास लघुवित्तले बोलायो प्रथम साधारणसभा

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले प्रथम साधारणसभा बोलाएको छ। ग्रामीण विकास लघुवित्तको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारणसभा बोलाएको हो। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र साविक समाज लघुवित्त वित्तीय संस्था आपसमा मर्ज भएपछिको आर्थिक वर्ष २०८१/०८२ को प्रथम वार्षिक साधारणसभा असार १४ गते आइतबार बिहान ११ बजे बस्ने […]

भोलिदेखि कालंगा हाइड्रोले थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको जेठ ८ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बझाङ जिल्लाका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरि दोस्रो चरणमा थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले आफ्नो जारी पूँजी १ […]

समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मचेन्ट पुनः नियुक्त

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडनै दोहोरिएको छ । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख ३ गतेदेखि लागू हुने गरि आरविवि मर्चेन्टलाईनै शेयर रजिष्ट्रारको रुपमा पुनः नियुक्त गरेको जानकारी कम्पनीले दिएको छ । शेयर रजिष्ट्रारले कम्पनीको शेयर व्यवस्थापनका लागि सम्पूर्ण काम गर्नेछ ।

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, 

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २ लाख ७२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी लिला देवी शारदाको नाममा रहेको २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह […]