महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असार २२ गतेदेखि लागू हुनेगरी बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।  

लाभांश प्रस्ताव पारित गर्न प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २९औं वार्षिक साधारणसभा आउँदो साउन २३ गते शुक्रबार बिहान ११ बजे बोलाएको छ। कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा साधारणसभा बस्ने निर्णय गरेको हो। सभाले कम्पनीको सञ्चालक समितिले यसअघि नै निर्णय गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर […]

राधी विद्युतले राप्ती हाइड्रोको संस्थापक सेयर बिक्री गर्ने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको संस्थापक सेयर बिक्री गर्ने भएको छ । राधी विद्युत कम्पनीले कुल १२ लाख ९० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा १३.५३ गुणा बढीको आवेदन

काठमाडौं । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले मंगलबारदेखि निष्काशन गरेको आईपीओमा आवेदनको ओईरो लागेको छ । कम्पनीले आईपीओ निष्काशन गरेको पहिलो दिनमा नै १३.५३ गुणा आवेदन परेको हो। सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेड अनुसार बुधबार बिान १०ः२४ बजेसम्म १ अर्ब ४ करोड ७४ लाख ५७ हजार रुपैयाँ बराबरको शेयर खरिदको लागि आवेदन परेको छ । कम्पनीको आईपीओमा […]

५३ हजार कित्ता संस्थापक शेयर लिलामी गर्दै स्वावलम्बन लघुवित्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५३ हजार कित्ता संस्थापक शेयर लिलामी गर्ने भएको छ । कम्पनीले  संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको छ । संस्थापक समूहको शेयर सोही समूहमा नै रहने गरी लिलाम बढाबढ गर्नुपर्ने कानुन व्यवस्थाअनुसार हाल संस्थापक शेयरधनीले नै खरिद गर्न पाउनेगरी उक्त शेयर बिक्री […]

एशियन लाइफको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ । कम्पनीले हाल कायम चुक्तापुँजीको अनुपात १ः०.४२ अनुसार हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर प्रतिकित्ता रू. १०० अंकित मूल्यमा जारी गर्नेछ । हकप्रद शेयर निष्काशनका लागि […]

१० वर्षे अवधिको १ अर्बको ऋणपत्र जारी गर्दै शाइन रेसुङ्गा बैंक

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० वर्षे अवधिको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै प्रतिकित्ता १००० रुपैयाँ अंकित दरले हुन आउने १० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको जानकारी दिएको छ । १ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६ […]

आज पनि घट्यो शेयर बजार,२६८३ मा नेप्से झर्दा करिब २ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ, यो सँगै अघिल्लो आइतबार देखि बढेको शेयर बजार सोमबार र मंगलबार घटेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.०४ अंकले बढेर ४५९.७० विन्दुमा पुगेर बन्द भएको छ […]

राप्ती हाइड्रोको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको १:१ अनुपातमा जारी भएको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन गरिसक्नुपर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो। यो हकप्रद कम्पनीको हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख […]

राप्ती हाइड्रोको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सतशप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत असार १ गतेदेखि निष्कासन भएको हकप्रदमा आवेदन दिने दिन यसअघि असार २२ गतेसम्म रहेकोमा २ दिन थप गरी असार २४ गतेसम्म कायम गरिएको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको […]