क्रिक्रेट खेलाडीको दुर्घटना बीमा, क्यान र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । नेपाल क्रिक्रेट संघ (क्यान)ले खेलाडीहरुको दुर्घटना बीमा गराएको छ । क्यानले खेलाडीहरुको बीमा लागि मेटलाइफ इन्स्यारेन्ससँग बुधबार सम्झौता गरेको हो । खेलाडीका साथै क्यानका सदस्य लगायत करिब १६० जनालाई बीमाको दायरामा समेटिएको क्यानले जानकारी दिएको छ । दुर्घटनामा ज्यान गुमाएको अवस्थमा १० लाख रुपैयाँ, दुर्घटना उपचार खर्चबापत २ लाख रुपैयाँ र अस्पातल भर्ना हुन […]

काभा महिला भलिबल क्लब च्याम्पिनयसिप विजेता खेलाडीलाई शिखर इन्स्योरेन्सको सम्मान

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले काभा महिला भलिबल क्लब च्याम्पिनयसिप विजेता नेपाल पुलिस क्लवका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरेको छ  । नक्शालमा मंगलवार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले च्याम्पियन पुलिसका प्रत्येक सदस्यलाईसहित सम्मान गरेको हो  । शिखर इन्स्योरेन्सले प्रत्येक खेलाडी, प्रशिक्षक र म्यानेजरलाई समान ५० हजार एक रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो । विधागततर्फ […]

पलेशा गोबर्धन र प्रशिक्षकलाई एनएमबि बैंकद्वारा नगद सम्मान

काठमाडौं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्ग पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको थियो । उनको अभुतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार रुपैयाँ र उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख १ हजार रुपैयाँ प्रदान गरेको थियो । पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त […]

काठमाडौं स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित

काठमाडौं । काठमाडौं स्पाइकर्सले असोज ५ गतेका दिन दसरथ रंगशालाको कभर्ड हलमा आयोजित ट्यालेन्ट हन्ट इभेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त इभेन्टको उद्देश्य स्थानीय प्रतिभाशाली खेलाडीहरूलाई स्पाइकर्सको टिममा सहभागिता गराई अवसर प्रदान गर्नु रह्रेको थियो। ट्यालेन्ट हन्ट इभेन्ट नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ, सचिव गणेश सिंह ठगुन्ना, संघका सदस्य अन्जु श्रेष्ठ, काठमाण्डौ महानगरपालिका वडा २६ […]

विश्व कप लिग टुमा नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपालले क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको तेस्रो खेल पनि हारेको छ । सोमवार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको हो  । १ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नाभिनित धालिवा र […]

कर्णाली यश्विज टिमबाट ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्दै अमेरिकाकी ग्याब्रीएल बेन्डा

काठमाडौं । अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन् । बिहीवार ‘यश्विज टिम’ ले एक कार्यक्रमको आयोजना गरी ग्याब्रीएलले आफ्नो टिमबाट खेल्ने खबर सार्वजनिक गरेको हो । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)’ को केही दिन अघि मात्र कर्णालीमा ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी […]

पहिलो लायन्स गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुँदै

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपाल मै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुन लागेको छ। यो रोमाञ्चक प्रतियोगिता आगामी असोज ४ र ५ गते पोखरा रंगशालामा सम्पन्न हुनेछ। प्रतियोगितामा नेपालका १६ जना राष्ट्रिय स्तरका बाइक रेसिङ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाका अनुसार यो प्रतियोगिता नेपाल मै […]

ओडिआई सिरिज ओमानसँग नेपाल पराजित

काठमाडौं । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । ४८ औं ओभरमा गुलशनले विकेट मेडन फ्याँकेपछि ओमानलाई अन्तिम […]

संविधान दिवसको अबसरमा नेपाल राष्ट्र बैंक कर्मचारी संघले अन्तरबैंक फुटसल टुर्नामेन्ट गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले संविधान दिवसको अवसरमा दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन २०८१ सञ्चालन गर्ने भएको छ । असोज ३ मा सुरु हुने टुर्नामेष्ट असोज ५ सञ्चालन हुनेछ । खेलमा  “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू महिलातर्फ २३ र पुरूषतर्फ  ३७ गरी जम्मा ६० वटा […]

ईडब्लूएल: काठमाडौं स्पाइकर्सद्वारा आफ्नो विदेशी स्टार खेलाडीको घोषणा

काठमाडौं । काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०२४ का लागि विदेशी खेलाडीका रूपमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भलिबल खेलाडी सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरेको छ । बुल्गेरियाकी प्रतिष्ठित र अनुभवी भलिबल खेलाडी एन्ड्रिया त्सभेतानोभा काठमाडौं स्पाइकर्समा सामेल भएकी हुन् । सेटर त्सभेतानोभा फुर्तिलो,जोशिलो र रणनीतिक खेलका लागि प्रख्यात उनले NCAA, NJCA, MECA, NIVC र बुल्गेरियन […]