भूपेन्द्र र सुजन सम्मानित

काठमाडौं । नेपाल उमा कुङफु संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ । विश्व मञ्चमा नेपालको प्रतिष्ठा अभिबृद्धि गर्न सफल भएकोमा भूपेन्द्र गुरुङ र सुजन कक्षपतिलाई सम्मान गरिएको हो । उनीहरुलाई नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव संजीतकुमार राई, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङफु […]

टेनिस खेलाडी छनोट

काठमाडौं । आइटिएफ एसिया यु–१२ टिम कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट) का लागि नेपालबाट छ खेलाडी छनोट भएका छन् । नेपाल टेनिस सङ्घको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आज भएको छनोट प्रतियोगिताबाट तीन पुरुष र तीन महिला खेलाडी छनोट भएका हुन् । छनोट हुनेमा पुरुषतर्फ आरित मल्ल, सभ्यजङग कार्की र सहंश बस्नेत तथा महिलातर्फ सारा पन्त, […]

गण्डकीमाथि बागमती प्रदेशको शानदार जित

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनको फराकिलो अन्तरले पराजित गरेको छ । मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा भएको खेलमा बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रनको विशाल योगफल बनाएको थियो । २९५ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशको सुरुआत कमजोर रह्यो । गण्डकी ३१.५ ओभरमा मात्र […]

एरिका गुरुङ तमु धीको सद्भावना दूत

काठमाडौं। नेपाली राष्ट्रिय कराते टोलीकी ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई तमु धी एसोसिएसन युकेले आफ्नो सद्भावना दूत नियुक्त गरेको छ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा सोमबार आयोजित पत्रकार सम्मेलनमा एरिकालाई अप्रिलदेखि लागू हुने एक वर्षका लागि सद्भावना दूत नियुक्त गरिएको जानकारी दिइयो । तमु धी एसोसिएसन युकेका अध्यक्ष जुमकाजी गुरुङ र उपाध्यक्ष […]

आईपीएलको १९औँ संस्करण सुरु हुँदै, यस्तो छ खेल तालिका

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो फ्रेन्चाइज क्रिकेट लिग, इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजन यसै सातादेखि सुरु हुँदैछ। २०२६ को आईपीएल आगामी शनिबार, मार्च २८ देखि सुरु हुने तालिका रहेको छ। प्रतियोगिताको उद्घाटन खेलमा गत वर्षको च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) र एक पटकको विजेता सनराइजर्स हैदराबाद (SRH) बीच प्रतिस्पर्धा हुनेछ। यो खेल आरसिबीको […]

भुटानमाथि नेपालको जित

काठमाडौं । बीस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित गरेको छ । माल्दिभसको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ को जित हासिल गरेको हो । नेपालको जितमा सुजन डङ्गोल र सुवास वमले समान एक–एक गोल गरे । यता भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काए । खेलको पाँचौँ मिनेटमा […]

फुटबल प्रतियोगिता स्थगित हुँदा क्लब जोखिममा

काठमाडौं ।  सङ्कटा फुटबल क्लबले राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गर्न माग गरेको छ । क्लबले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष इद्रमान तुलाधरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतियोगिता स्थगित गर्दा लगानी जोखिममा परेको बताए । यही चैत ५ गते अध्यागमन विभागले श्रम स्वीकृति बिना विदेशी खेलाडीलाई सहभागी नगराउनुु भन्दै एन्फालाई पत्र काटेपछि एन्फाले […]

नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन

काठमाडौं । बन्दी सहायता नियोग (पाम) र एमएमएसी नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेका छन् । पाम जुनियर तथा एमएमएसी क्योडटमा च्याम्पियन बनेका हुन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा पामले ४ स्वर्ण र १ रजत जित्यो । २ स्वर्णसाथ बंगलादेश क्रिरा शिखा प्रोतिष्ठान दोश्रो तथा १ […]

रायोमाथि बार्सिलोनाको जित, शीर्ष स्थान सुरक्षित

काठमाडौं । आज सम्पन्न खेलमा रायो भल्कानोलाई पराजित गर्दै बार्सिलोनाले महत्त्वपूर्ण ३ अंक जोडेको छ। नेपाली समय अनुसार बेलुका ६:४५ बजे बार्सिलोनाको घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा यो खेल सुरु भएको थियो। खेलको २४औं मिनेटमा रोनाल्ड अराउजोले गरेको एकमात्र निर्णायक गोलको मद्दतले बार्सिलोनाले १-० को जित निकाल्यो। यस जितसँगै बार्सिलोना रियल म्याड्रिडलाई पछि पार्दै लिग […]

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

धरान । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बसाहा क्लब उदयपुरले जितेको छ । इटहरीस्थित जनता कलेजको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा बसाहा क्लबले लोहोरुङ् एफसी सङ्खुवासभालाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै बसाहा क्लबले रु चार लाख चार हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता लोहोरुङ् […]