तारबाट इन्टरनेट चलाउने १ करोड ३३ लाख ८० हजार पुगे, ३२ प्रतिशत बजार वर्ल्डलिंकको कब्जामा

काठमाडौं । नेपालमा अप्टिकल फाइबर (तार) मार्फत इन्टरनेट चलाउने प्रयोगकर्ता १ करोड ३३ लाख नाघेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८१ माघ मसान्तसम्मको तथ्यांकअनुसार तार मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या १ करोड ३३ लाख ८० हजार ८६५ पुगेको छ। नेपालमा इन्टरनेट सेवा प्रदायकमार्फत इन्टरनेट जडान गर्ने संख्या ३० लाख ६१ हजार ९८३ छ। दूरसञ्चार […]

आईटी क्षेत्रलाई प्रवर्द्धन गर्ने अध्यादेश पारित, नास–आईटीद्वारा स्वागत

काठमाडौं । नेपाल सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको संघ (नास–आईटी) ले नेपालको संघीय संसद् र नेपाल सरकारलाई नेपालको सूचना प्रविधि (आईसीटी) क्षेत्रका लागि नियमहरू सुधार गर्ने अध्यादेश पारित गरेकोमा आभार व्यक्त गर्दछ। यो निर्णय नेपालको डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउन तथा विश्वव्यापी प्रविधि बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमतालाई अभिवृद्धि गर्न महत्त्वपूर्ण कदम हुनेछ। अध्यादेशले आईटी तथा डिजिटल सेवा […]

ह्वावेद्वारा एमडब्लुसी बार्सिलोना २०२५ मा ८३ विश्वव्यापी प्रदर्शन र १० उद्योग समाधानको अनावरण

बार्सिलोना । एमडब्लुसी बार्सिलोना २०२५ को क्रममा, ह्वावेले औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण शिखर सम्मेलन २०२५ आयोजना सम्पन्न गरेको छ । जसले विश्वव्यापी ग्राहक र साझेदारहरूलाई नवीन औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण अभ्यासहरू एकसाथ अनावरण गरेको छ । सो अवसरमा ह्वावेले ग्राहकहरूसँग मिलेर, ७१ प्रमुख परिदृश्यहरूको लागि औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरणको लागि ८३ ग्लोबल […]

ह्वावेको नेक्स्ट जेनेरेसनको साइट पावर फेसिलिटी आर्किटेक्चर र एआई डाटा सेन्टर निर्माण गाइडलाइन सार्वजनिक

बार्सिलोना । एमडब्लुसी बार्सिलोना २०२५ मा, ह्वावे डाटा सेन्टर सुविधा र क्रिटिकल पावर उत्पादन लाइनका अध्यक्ष हे बोलेले अर्को पुस्ताको साइट पावर फेसिलिटी आर्किटेक्चर ‘सिंगल साइटपावर’ र एआई डाटा सेन्टर निर्माण गाइडलाइन आरएएसटिएमको अनावरण गरेका छन् । जसले अपरेटरहरूलाई ऊर्जा व्यावसायिकको रूपमा फस्टाउन र एआईको नयाँ युगमा राम्रो आईसीटी सुविधाहरू निर्माण गर्न मद्दत गर्दछ । […]

एनसेललाई अनुसरण गर्ने निर्णयबाट नेपाल टेलिकम ‘ब्याक’

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम डिजिटल माध्यमबाट ५० रुपैयाँभन्दा कम मूल्यको टपअप नगर्ने निर्णयबाट फिर्ता भएको छ । एक साताअघि लागू गरिएको उक्त नीतिले उपभोक्ताहरूबाट तीव्र विरोध सामना गर्नुपरेपछि टेलिकमले आफ्नो निर्णय पुनरावलोकन गर्दै १० रुपैयाँदेखि नै रिचार्ज सुविधा उपलब्ध गराउने घोषणा गरेको हो। पुन १० रुपैयाँदेखि टपअप गर्न सकिने सुविधा […]

इन्टरनेट सेवा प्रदायकलाई बक्यौता तिर्न अन्तिम चेतावनी, नभए लाइसेन्स खारेज हुनेः सञ्चार मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बक्यौता नबुझाउने इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरूको लाइसेन्स खारेज गर्ने चेतावनी दिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको २७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री गुरुङले बक्यौता असुलउपर सरकारको नीति तथा कार्यक्रमअनुसार अगाडि बढाइने स्पष्ट पारे। उनले प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीलाई बारम्बार फोन गरेर बक्यौताको विवरण माग्ने गरेको उल्लेख गर्दै […]

रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा सार्वजनिक

काठमाडौं । रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा सार्वजनिक गरेको छ । उत्कृष्ट मजबुती र सहज प्रदर्शनको लागि डिजाइन गरिएका यी स्मार्टफोनहरूमा लामो समयसम्म टिक्ने ब्याट्री रहेको छ । यसबारे बोल्दै रियलमी नेपालका ब्रान्ड म्यानेजर काजोल झाले भनिन्, “रियलमी नोट ६० र नोट ६० एक्सको लन्चसँगै हामी अत्याधुनिक प्रविधि र च्याम्पियन स्तरको […]

नयाँ बसपार्कका सबै ‘काउन्टर’बाट ‘अनलाइन’ प्रणालीमा टिकट काट्न सुरु

काठमाडौं । देशभरका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोँगबुस्थित नयाँ बसपार्कका सबै टिकट ‘काउन्टर’ बाट ‘अनलाइन’ प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ । मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि बसपार्कभित्रका ४७ वटै टिकट काउन्टरबाट अनलाइन प्रणालीबाट टिकट काट्न सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेर […]

रेडियो फ्रिक्वेन्सी रोयल्टीः संघ, प्रदेश र स्थानीय तहबीच न्यायोचित बाँडफाँट आवश्यक

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले प्राकृतिक स्रोतअन्तर्गतको ‘रेडियो फ्रिक्वेन्सी’को ‘रोयल्टी’ बाँडफाँटमा थप स्पष्टता जरूरी रहेको बताएका छन् । काठमाडौंमा आयोजित  रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका सन्दर्भमा आयोजित छलफलका क्रममा उनले रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका सम्बन्धमा भएको नयाँ सिफारिसमा थप स्पष्ट आवश्यक रहेको धारणा राखे । ‘प्राकृतिक स्रोतको उपयोगबाट प्राप्त हुने रोयल्टी हो […]

दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन घोषणा, ५० लाखको भाउचर जित्न सकिने

काठमाडौं । नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य, दराज नेपालले ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । ग्राहकहरूले यस क्याम्पेन अन्तर्गत ६०% सम्मको छुट, निःशुल्क डेलिभरी, र ५० लाख रुपैयाँ बराबरको भाउचरहरु प्राप्त गर्न सक्नेछन् । फागुन १९ देखि फागुन २३ सम्म चल्ने यस क्याम्पेनले नेपाली ग्राहकहरूलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । […]