सुपर एप ‘निम्बज’ नेपालमा सूचीकृत, मेटा अझै आएन

काठमाडौं । क्रस–प्ल्याटफर्म इन्स्ट्यान्ट मेसेजिङ तथा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) सेवा प्रदान गर्ने सुपर एप निम्बज नेपालमा औपचारिक रूपमा सूचीकृत भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार निम्बज गत आइतबार मन्त्रालयमा सूचीकृत भएको हो। यससँगै मन्त्रालयमा सूचीकृत सामाजिक सञ्जालको संख्या चार पुगेको छ। यसअघि भाइबर, विटल्क र टिकटक मन्त्रालयमा सूचीकृत भइसकेका […]

माभोरियन सिस्टम्सलाई राष्ट्रिय सूचना प्रविधि पुरस्कार

काठमाडौं । आईटी कम्पनी माभोरियन सिस्टम्स प्रालिलाई राष्ट्रिय सूचना प्रविधि दिवस पुरस्कार २०८२ प्रदान गरिएको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा माभोरियन सिस्टम्सलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२ प्रदान गरेको हो । सम्मान प्राप्त गरेपछि कर्मचारीहरू, स्वास्थ्य सेवा साझेदार र ग्राहकहरूलाई निरन्तरको विश्वास र सहकार्यको लागि धन्यवाद ज्ञापन गर्दै माभोरियन सिस्टम्सले […]

पाँचौँ समयसिमाभित्र पनि दर्ता भएन फेसबुक, सम्पर्कमै आएन मेटा

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना  प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्राम, थ्रेड र ह्वाट्सएपलगायत सामाजिक सञ्जाललाई दर्ता हुन दिएको एक हप्ते म्याद सकिँदा पनि सामाजिक सञ्जालहरुले दर्ता हुन अटेर गरेका छन् । पाँचौँपटक म्याद थप गर्दा पनि मेटा सम्पर्कमै नआएको हो । सरकारले ०८१ चैत ७ गते ३० दिनभित्र दर्ता हुन सामाजिक सञ्जालका […]

उबुन्टु नेपाल र सीएसआरआईबीच उबु-कन एशिया २०२५ का लागि रणनीतिक साझेदारी

काठमाडौं । नेपालमा ओपन-सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवर्द्धनका लागि उबुन्टु (Ubuntu Nepal) र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (Center for Cyber security Research and Innovation – CSRI)  बीच औपचारिक साझेदारी भएको छ। आइतबार राजधानी काठमाडौमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको उब-(कन एशिया २०२५ (UbuCon Asia 2025) सम्मेलन […]

माभोरियन सिस्टम्सलाई राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२ प्रदान

काठमाडौं । आईटी कम्पनी माभोरियन सिस्टम्स प्रालिलाई राष्ट्रिय सूचना प्रविधि दिवस पुरस्कार २०८२ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा माभोरियन सिस्टम्सलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२ प्रदान गरेको हो । सम्मान प्राप्त गरेपछि कर्मचारीहरू, स्वास्थ्य सेवा साझेदारहरू र ग्राहकहरूलाई निरन्तरको विश्वास र सहकार्यको लागि धन्यवाद ज्ञापन गर्दै […]

टिकटकले टिनएजरको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयरिङ’ फिचर

काठमाडौं । टिकटकले नेपालमा आफ्ना कलिला युजरहरूका लागि जिम्मेवार र सुरक्षित अनलाइन अनुभव प्रवर्द्धन गर्न परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले आफ्नो नयाँ ‘फ्यामिली पेयरिङ’ फिचर सुरु गरेको छ। यस फिचरमार्फत अभिभावकहरूले आफ्ना टिनएजर (किशोर-किशोरी) को टिकटक एकाउंटलाई आफ्नो एकाउंटसँग जोड्न सक्नेछन्, जसले गर्दा उनीहरूलाई सेफ्टी सम्बन्धी धेरै विकल्पहरूमा पहुँच मिल्नेछ। यसबाट परिवारका सदस्यहरूबीच जिम्मेवार र सुरक्षित […]

एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारले गर्यो सम्मान

काठमाडौं । नेपाल सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा एनसेललाई सम्मान गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित ८औं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को विशेष कार्यक्रममा एनसेललाई यो सम्मान प्रदान गरिएको हो । देशमा आईसीटीको विकास र प्रवद्र्धनका लागि प्रत्येक वर्ष मे २ लाई ‘राष्ट्रिय सूचना […]

नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गरिने

काठमाडौं । सरकारले नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरणको रुपमा विकास गर्ने भएको छ। आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्। उनले सम्भव भएसम्म सबै सेवा अनलाइन गरिने तथा सरकारी कार्यालयका काम कारबाही फेसलेस गरिने बताए।

नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थापित गर्नु होः क्यान

काठमाडौं । आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा क्यान महासंघ (कम्प्युटर एशोसिएसन नेपाल महासंघ) ले नेपाललाई ग्लोबल आईटी हबको रूपमा स्थापित गर्ने साझा लक्ष्यमा सबैको सहयोग र प्रयास आवश्यक रहेको जनाएको छ। एक शुभकामना सन्देश जारी गर्दै महासंघका अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपालको निर्माणका लागि सूचना प्रविधिको महत्वलाई विशेष रुपमा औंल्याउँदै सूचना […]

मासिक ६५४ रुपैयाँमा वाईफाई नेपालको डुअल ब्यान्ड राउटर सहित १०० एमबीपीएस इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले मासिक ६५४ रुपैयाँमा डुअल ब्यान्ड राउटर सहित १०० एमबीपीएस गतिको नयाँ इन्टरनेट योजना सार्वजनिक गरेको छ । यस नयाँ योजना सार्वजनिक गर्नु अघि कम्पनीले ५० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट सेवा प्रदान गर्दै आएको थियो । कम्पनीले बढ्दो डिजिटल आवश्यकतालाई ध्यानमा राखेर डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस […]