इनफिनिक्सले दशैं धमाका: बम्पर पुरस्कार भेस्पा एलेगान्ते १५० वितरण गर्दै सम्पन्न

काठमाडौं । दशैंको रमाइलोलाई थप विशेष बनाउँदै इनफिनिक्सले ‘दशैं धमाका बम्पर पुरस्कार’ विजेता काठमाडौँका बिर बहादुर तामाङलाई घोषणा गर्‍यो। बम्पर पुरस्कारको रूपमा आकर्षक भेस्पा एलेगान्ते १५० स्कूटर एक विशेष कार्यक्रममार्फत तामाङलाई प्रदान गरियो। समारोहमा इनफिनिक्सका प्रतिष्ठित राष्ट्रिय वितरकहरूले सो उपहार हस्तान्तरण गरे। यो योजना सेप्टेम्बर १६ देखि अक्टोबर ३१ सम्मका लागि तय गरिएको भए पनि नोभेम्बर […]

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सम्पन्न, विभिन्न १५ विधामा अवार्ड वितरण

काठमाडौं । लिभिङ विथ आइसिटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसे इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनेस एण्ड जुम’ सम्पन्न भएको छ । विभिन्न १५ विधामा अवार्ड र सातै प्रदेशका उत्कृस्ट स्टार्टअपलाइ ‘रिकग्निसन’ प्रदान गरिएको थियो । एकहजार बढी बिशिस्ट ब्यप्तिहरुको उपस्थितिमा ह्यात रिजेन्सी काठमाडौँमा आयोजना भएको भब्य समारोहबीच आइसिटी अवार्ड […]

नेपाल टेलिकमले बोलायो साधारण सभा, ३० प्रतिशत नगद लाभांस प्रस्ताब पारित गर्ने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैंठकले नगद  लाभांश बितरण गर्ने  निर्णय गरेको हो । सञ्चालक समितिले पास गरेको निर्णय प्र अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त गरे पश्चात  साधारण सभामा पेश हुनेछ । सभाले अनुमोदन गरेपछि […]

एनसेलका ग्राहकले एनपीएलमा आफूलाई मनपर्ने टिमको पीआरबीटी राख्न सक्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल भोलि हुन गइरहेको छ, र यसले क्रिकेटप्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुर्याएको छ । यो माहोललाई अझ रोमाञ्चक बनाउन, एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ । यससँगै ग्राहकहरुले एनपीएलका टिमहरुको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी)का रूपमा आफ्नो फोनमा […]

एनसेल ग्राहकको लागि नयाँ सुविधा: ५ रुपैयाँ भन्दा कम ब्यालेन्समा १ दिनको अनलिमिटेड डेटा सापटी

काठमाडौं । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरुलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको छ । यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स रु ५ भन्दा कम भएका प्रिपेड ग्राहकहरुले १ दिन अर्थात २४ घन्टा समयसीमा […]

ईसेवा मनी ट्रान्सफरद्वारा बाजुराको श्री पार्वती माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र ल्यापटप सहयोग

काठमाडौं । ईसेवा मनि ट्रान्सफरले डिजिटल साक्षरताका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एक कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले कम्पनीका प्रतिनिधिहरू र विद्यालयका कार्यकारीहरू व्यक्तिहरूको उपस्थितिमा शैक्षिक सामग्री र ल्यापटप हस्तान्तरण गरेका हुन् । शिक्षा र प्रविधिको पहुँचमा सुधार गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। […]

नेपाल टेलिकमद्वारा गलत सूचनाप्रति सतर्क रहन आग्रह

काठमाडौं । नेपाल टेलिकमले हालै सामाजिक सञ्जालमा प्रवाहित भइरहेको भ्रमपूर्ण सूचनाप्रति सतर्क रहन आग्रह गरेको छ। टेलिकमले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ”५ हजार रुपैयाँसम्मको नगद तथा उपहार वितरण” गरिने भनी सामाजिक सञ्जालमा फैलिएको गलत प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीका अनुसार नेपाल टेलिकमको आधिकारिक लोगो प्रयोग गरी फेसबुक ग्रुप, म्यासेन्जर लगायतका माध्यमबाट यस […]

दुबईको  जोयालुकास एक्सचेन्ज मार्फत नेपालमा पैसा पठाउन सकिने

काठमाडौं । दुबईको  जोयालुकास एक्सचेन्ज  र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ ।यो सेबा सँगै दुबईमा भएका नेपालीहरुले जोयालुकास  एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध २५,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने र नेपालको जुन सुकै बैंकको […]

सामाजिक सञ्जाल मार्फत हुने ठगीबाट सचेत रहन टेलिकमको अनुरोध

काठमाडौं । नेपाल टेलिकमले आउदै गरेको क्रिसमस र नया बर्षो नाममा नेपाल टेलिकमको लोगोको समेत दुरुप्रयोग भएको जनाउदै यस प्रति सचेत रहन ग्राहक लगायत आम जनसमुदायमा आब्हान गरेको छ  । नेपाल टेलिकमका अनुसार सामाजिक सञ्जालमा केन्द्रीत ठगहरुले “हाल ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजार सम्मको नगद तथा […]

एनसेल उत्कृष्ट करदाताका रुपमा सम्मानित

काठमाडौं । एनसेल सबै भन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ । गत आर्थिक वर्षमा संस्थागत तर्फ सबै भन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मंगलबार एनसेलललाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित एक विषेश कार्यक्रममाझ […]