नमस्ते पेबाट उडान टिकट किन्दा सय क्यास ब्याक

काठमाडौं । आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पे ले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ। यो अफर असोज ११ देखि कार्तिक ३० सम्म उपलब्ध हुनेछ । यस अफर अन्तर्गत, नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तुरुन्तै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। त्यसैगरी, नेपाल टेलिकमका […]

मह जोडीको ‘मह जात्रा’, खल्ती बाट टिकट बुकिङ खुल्ला

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले सुश्री मिडियासँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक प्रहसनको एक मात्र टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ। यस प्रहसनमा महका म (मदन कृष्ण श्रेष्ठ) र महका ह(हरि वंश आचार्य) का साथै विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ। ‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिस्थान, कमलादीमा कार्त्तिक २९ देखि […]

जिओमेटको दशैं अफर, हजार रात्री बसलाई नि:शुल्क जीपीएस उपकरण

काठमाडौं । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत’फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा १,००० वटा लामो दूरीका रात्रि बसहरूमा जीपीएस प्रणाली निःशुल्क जडान गरिने कम्पनीका संस्थापक आतिस गैरेले बताए। “विशेषगरी दशैंजस्तो चाडपर्वमा जब […]

नेपाल बैंकका ग्राहकले दराज मार्फत सामान खरिद गरी भुक्तानी गर्दा छुट पाउने

काठमाडौं । नेपालको बैंक नेपाल बैंकका ग्राहकले र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि. दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट पाउने भएका छन् । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ-कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १०% वा […]

एनसेल फाउन्डेसनले गर्यो निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाडौं । ]एनसेल फाउन्डेसनले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ । निःशुल्क शिविरमा १२० जना भन्दा बढी  स्थानिय महिलाहरुको सहभागिता थियो भने त्यसमध्ये ९० जना भन्दा बढिले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएका थिए । नेपाल क्यान्सर फाउन्डेसन र पुर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले […]

शाओमीले ल्यायो दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष अफर लिएर आएको छ । ”दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग” योजना अन्तर्गत ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा रु. ४००० सम्मको छुट पाउँन सक्ने कम्पनीले बताएको छ । यस चाडपर्व विशेष अफर भाद्र ३० देखी कार्तिक ३० […]

एनसेलको फोरजी ग्राहक घटे, एनटीसीको बढ्यो

काठमाडौं । नेपालमा फोरजी प्रयोगकर्ता बढ्दो क्रममा देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा २ करोड २२ लाख भन्दा बढीले फोरजी प्रयोग गर्ने गरेको देखिन्छ । २०८१ असार मसान्तसम्म नेपालमा २ करोड २२ लाख ३२ हजार ४१६ फोरजी प्रयोगकर्ता छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा फोरजी प्रयोगकर्ता २ […]

सिड्स फर द फ्युचरः नेपाली विद्यार्थीहरूद्वारा चीनको परिवर्तनकारी यात्राको सुरुवात

काठमाडौं । ह्वावेको अत्याधुनिक भविष्य माथिको प्रतिबद्धतालाई प्रतिभा तथा परम्परा आदान प्रदान कार्यक्रम अन्तर्गतका सिड्स फर द फ्युचर कार्यक्रम २०२४ का ६ विजेता विद्यार्थीहरू यस सेप्टेम्बरमा चीनमा आयोजना हुने क्षेत्रीय टेक फर गुड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन् । यो कार्यक्रम ह्वावेको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन गरीएको हो । जसले युवा विद्यार्थीहरुलाई डिजिटल नविनता […]

भिभो भि४० : नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन

काठमाडौं । विश्व प्रसिद्ध तथा अग्रणी प्रविधि कम्पनी भिभोले काठमाडौँ स्थित हायात प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय वितरक, आम सञ्चारमाध्यम र टेक मिडिया प्रतिनिधिहरूको माझ भिभो –भी४० सार्वजनिक गरेको छ । जाइस्सँगको इन्जिनियर सहकार्यमा तयार गरिएको भि४० व्यावसायिक स्तरको पोर्ट्रेट सिस्टम सहितको यो नवीनतम स्मार्टफोनले मोबाइलबाट लिइने पोर्ट्रेट फोटोग्राफीको अनुभवलाई थप उचाइमा पुर्‍याउने गरी […]

“सुपर यात्रा” अभियानको घोषणा, रोचक क्यासब्याक र गिफ्टहरू

काठमाडौं । फोनपे, नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क, ले २ अशोज, २०८१ देखि सुरु हुने प्रतिक्षित “सुपर यात्रा” अभियानको घोषणा गर्न पाउँदा उत्साहित छ। दशैं र तिहार चाँडै नजिकिँदै गर्दा, यो अभियानले हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्षित गरेको छ। “सुपर यात्रा” अभियानको अंशको रूपमा, नयाँ […]