ट्रम्पको नयाँ आदेशपछि टिकटकको अमेरिकी नियन्त्रण सहयोगी लगानीकर्ताको हातमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार टिकटकको अमेरिकी संस्करणका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्  । सो अनुसार एपको नियन्त्रण उनको राजनीतिक र व्यवसायिक सहयोगीहरूले सम्हाल्नेछन् । यस सम्झौतापछि अमेरिकाभित्र टिकटकको चिनियाँ स्वामित्व २० प्रतिशतमा सीमित हुनेछ । चीनले भने शुक्रबार प्रतिक्रिया दिँदै यस विषयमा ‘खुला र निष्पक्ष’ व्यवहारको आह्वान दोहोर्‍याएको छ । एक […]

अब क्यूएफएक्सको टिकट सिधै इसेवा एपबाटै

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट इसेवाले आफ्ना प्रयोगकर्ताहरूका लागि मनोरञ्जनको अनुभवलाई थप सहज बनाउन चलचित्र टिकट बुकिंग सेवालाई अझ परिष्कृत गर्दै चलचित्र टिकट बुकिंग सेवामा सुधार गरेको छ।। अब प्रयोगकर्ताहरूले QFX Cinemas का चलचित्र टिकटहरू सिधै इसेवा एपभित्रबाटै बुक गर्न सक्नेछन्। यसले टिकट बुकिङ प्रक्रियालाई सरल, छिटो र सुरक्षित बनाउनेछ। के हो यो नयाँ […]

टिगद्वारा प्रस्तुत नास-आईटी एक्स्पो २०२५, व्यवसायलाई प्रविधिसँग जोड्दै र नेपालको एआई भविष्यलाई आकार दिँदै

काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी)ले टिगद्वारा प्रस्तुत नास–आईटी एक्स्पो २०२५ को घोषणा गरेको छ। यो आगामी नोभेम्बर ७–८ मा ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आयोजना हुँदैछ। नेपालको प्रविधि क्षेत्रलाई सुदृढ बनाउने दृष्टिकोण राखेर घरेलु बजारलाई उजागर गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नास–आईटी एक्स्पो २०२५ आयोजना हुँदैछ। […]

विशेष पस्थिति भन्दै नेपाल टेलिकमले स्थगित गर्यो ३ अर्बको विवादित ठेक्कारि

काठमाडौं । नेपाल टेलिकमले विशेष परिस्थिति भन्दै बिलिङ मेशिनको ठेक्कासम्बन्धी खोल्न लागेको आर्थिक प्रस्ताव स्थगित गरेको छ । टेलिकमले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै अर्को सूचना नआउँदासम्म उक्त प्रक्रिया स्थगित गरिएको जानकारी दिएको हो । ‘हालको विशेष परिस्थितिका कारण आर्थिक प्रस्ताव खोल्ने कार्य स्थगित गरिएको छ । आर्थिक प्रस्ताव खोल्ने नयाँ मिति, समय र स्थानसम्बन्धी […]

टेलिकमको नेटवर्कमा समस्या, रिचार्जको समेत समस्या

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा १० घण्टादेखि समस्या देखिएको छ । टेलिकमको ‘ओसीएस मोड्युल’मा देखिएको समस्याका कारण मध्यरात १२ बजेतिरदेखि भ्वाइस तथा डाटामा समस्या देखिएको हो । प्रणाली बिग्रीदा मोबाइल बैंकिङबाट गरिने रिर्चाज सेवासमेत अवरुद्ध रहेको छ । टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार सुरुमा भ्वाइस र डाटा दुवैमा समस्या देखिएकोमा अहिले भ्वाइसमा देखिएको समस्या समाधान […]

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल २० औं वर्षमा प्रवेश 

काठमाडौं । नेपालकै प्रमुख निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेवा सुरु गरेको २० औं वर्ष पूरा गरेको छ । विगतमा निकै हर्षोल्लासका साथ एनसेलले आफ्नो वार्षिकोत्सव मनाउँदै आएपनि यसपालीको २० औं वार्षिकोत्सवमा त्यस्तो उत्साह देखिएको छैन् । गत भदौ २३ र २४ मा जेनजी प्रदशर्नका क्रममा एनसेल मुख्यालय ‘एनसेल आइकन’ मा लुटपाट र […]

एनसेल प्रयोगकर्ताले शुक्रबारसम्म निःशुल्क लोकल भ्वाइस, एसएमएस र डेटा पाउने

काठमाडौं । एनसेलले मंगलबारदेखि दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र डेटा सेवाको समयावधि बढाएको छ । योसँगै अब एनसेल प्रयोगकर्ताले शुक्रबारसम्म निःशुल्क सेवा लिन पाउने छन् । एनसेलले सूचना जारी गर्दै भनेको छ, ‘हालको परिस्थितिलाई ध्यानमा राख्दै यहाँहरुलाई प्रदान गरिएको निःशुल्क डाटा, लोकल भ्वाइस कल र एसएमएस सेवा यही भाद्र २७ गते शुक्रबारसम्मका लागि […]

एक्स र वी च्याटले सूचीकरण विवरण मागे, भीपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले सूचीकरण हुन नआएको भन्दा २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निष्क्रिय पारेपछि यसको विरोधमा सर्वसाधारण उत्रिएका छन्। सरकारको निर्णयको प्रतिरक्षा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भदौ २२ गते प्रेस विज्ञप्ति जारी गर्दै त्यसको बचाउ गरेको छ। सामाजिक सञ्जाल सूचीकरण गर्न आह्वान गरेको समयमा सम्पर्कमा नआएपछि प्रतिबन्धको अवस्था खेप्ने सूचीमा परेका २६ कम्पनीमध्ये […]

इन्टरनेट सेवा प्रदायकले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्दै

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारको निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न सुरु गरेका छन् । नेपाल टेलिकम, एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपश्चात दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पार्न सुरु गरेका हुन। नेपाल टेलिकमले एक सूचनामार्फत नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन पत्र लेखी आएकाले सोही निर्देशनबमोजिम […]

सिटीपे फोनेपे नेटवर्कमा सामेल 

काठमाडौं । फोनेपेले आधिकारिक रूपमा सिटीपेलाई आफ्नो पारिस्थितिकी प्रणालीमा एकीकृत गरिएको दशौँ डिजिटल वालेटको रूपमा स्वागत गरेको छ । यस महत्वपूर्ण उपलब्धिले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल भुक्तानी वातावरण निर्माण गर्ने फोनेपेको दृष्टिलाई अझ बलियो बनाउने कम्पनीले जनाएको छ । यस साझेदारीमार्फत, सिटीपे वालेट प्रयोगकर्ताहरू अब फोनेपेको राष्ट्रव्यापी अन्तरसञ्चालित QR नेटवर्क पहुँच गर्न सक्नेछन्, […]