आराम्भ माइक्रोफाईनान्सको आईपिओ बांडफांड र प्राथमिक बजारमा नयाँ युगको आराम्भ

Prabhu
इक्विटी नेपाल – काठमाडौँ :
आरम्भ माईक्रोफाईनान्सले शेयर निस्काशन बन्द भएको दुई दिन पछी नै शेयर बाडफाड गरेको छ । नेपालको ईतिहासमा प्राथमिक निष्कासन यति चाँडो बाडफाड भएको यो नै पहिलो पटक हो । सीआस्बा प्रणालीबाट आवेदन अनिवार्य गरेको यस निस्कासनमा पहिलो पटकनै सिडिएस सफल भएको छ । सिडीएसको यो निकै महत्तोपुर्ण सफलता हो । झन घरमा बसी बसी मेरो शेयर मार्फत आईपियो भर्न मिल्ने र हकप्रदपनि अनलाईन बाट भर्न मिल्ने व्यवस्थाले लगानीकर्ताहरु लाभान्वित पक्कै भएका छन् । त्यस्तै विदेशमा कामको सिलसिलामा बसेका नेपाली नागरिकलेपनि अब सजिलै प्राथमिक बजारको पहुचमा पुगेका छन् । पुरानो प्रणाली अनुसार लगानीकर्ताको रकम महिनौ सम्म रोक्का हुने प्रणालीको अन्त्य भएको छ ।
तर यति भन्दैमा अझै धेरै कुराको विकास गर्नु पर्ने छ जस्तै शेयर बाडफाड भएपछी निकै छोटो समयमा त्यसलाई दोश्रो बजारमा कारोबार गराउन सकेमा अझै लगानीकर्ताहरुलाई फाईदा हुने थियो । त्यस्तै कम्पनीले साधारणसभा सम्पन्न गरे पश्चात उसले प्रदान गर्ने बोनस शेयर महिनौ सम्म नेप्सेमा सुचिकृत हुन् नसक्नु र डिम्याट खातामा आउन सकेको छैन । लगानीकर्ताले हकप्रद शेयर भरे पछीपनि यही समस्या छ । छिमेकी बजार भारतको उदाहरण हेर्ने हो भने शेयर बाडफाड भएको निकै थोरै समयमै शेयर कारोबारको लागि योग्य हुन्छन ।अब आगामी दिनमा सबै सरोकारवालाले यसमा गम्भीर हुने नै छन् भन्ने सबैले आश गरेकै कुरा हो । फेरी एक फेर सम्पूर्ण लगानीकर्ताहरुलाई बधाई तथा सिडिएस र सम्बन्धित सरोकारवाला निकायहरुलाई निकै धन्यवाद !!!

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार