बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

Prabhu

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव २४ अंकले घटेर २,०६७ को विन्दुमा कायम भएको छ । आज बजार घट्दा पनि ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै बुद्धभुमी हाइड्रोपावर कम्पनी र शिवम् सिमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार