मर्जरको प्रस्ताव सहित आरम्भ चौतारी लघुवित्तको साधारणसभा हुँदै

Prabhu

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ३० गतेका लागि  सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत्र २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनिको चैत्र २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

यी हुन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१) साधारण सभामा अध्यक्ष्यज्यूबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७९ / ०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने ।२) लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात र आ.व. २०७९/०८० को नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने ।

३) लेखापरीक्षण समितिको सिफारिश वमोजिम आर्थिक वर्ष २०८० / ०८१ को लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

 विशेष प्रस्तावहरु

१. भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ती/समाहित (Acquisition) गर्ने / हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

२. प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार