RE
Global College

मैलुङ्ग खोलाले बोलायो साधारण सभा बाेनस वितरण प्रस्ताव पारित गर्ने

काठमाडौं ।मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेड (MKJC) ले साधारण सभा बोलाएको छ। कम्पनीले चैत २९ गते, बिहीबार, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस प्रस्तावसहित सादारणसभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको २.२२११ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

 

NECO

Leave Your Comment

Related News