साताको अन्तिम दिन बजारमा दोहोरो अंकको गिरावट, गुमाउने र कमाउनेमा को ?

Prabhu

काठमाडौं ।आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले टेको छ  । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ३७ अंकले घटेर २,०४८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आजको कारोबारमा  माछापुच्छ्रे बैंकको संस्थापक शेयर बढी छ। बैंकको १ अर्ब २१ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्स कम्पनीको २८ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १४ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले बढी कमाएका छन् ।  सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । किसान घलुवित्तका लगानीकर्ताले ९ दशलमव ९१ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै बुद्धभुमी नेपाल हाइड्रोका लगानीकर्ताले गुमाएका हुन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार