CLI
Global College

यी हुन शिखर ईन्सोरेन्सका १२ ठुला शेयरधनि

काठमाडौं ।शिखर इन्स्योरेन्स निर्जीवन बीमा कम्पनी हो । यसले २०६१ मंसिर २ गतेदेखि निर्जीवन बीमा व्यवसाय गरिरहेको छ । निर्जीवन बीमामा शिखर अब्बल कम्पनी रहेको छ।

कम्पनीले आफ्नो १९औँ वार्षिक साधारणसभा शुक्रबार (चैत ९ गते) गरेको छ । गौरव अग्रवाल अध्यक्ष रहेको कम्पनिमा लामो समय देखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा  दिपप्रकाश पाण्डेले नेतृत्ज गरिरहेका छन् । आर्थिक वर्ष २०७९\८० को  वार्षिक प्रतिवेदनअनुसार कम्पनीमा  १४ ठूला शेयरधनी छन् । उनीहरुसँग १.८६ प्रतिशतदेखि १२.३२ प्रतिशतसम्म कम्पनीको शेयर स्वामित्व रहेको देखिन्छ।

कम्पनिको सबैभन्दा ठूला शेयरधनी अध्यक्ष गौरव अग्रवाल हुन्। उनीसँग कम्पनीको १२.३२ प्रतिशत अर्थात ३२ लाख ७१ हजार ९९९ कित्ता शेयर रहेको छ ।

कम्पनीका अग्रवालपछि चन्दा शेर्पाको शेयर स्वामित्व रहेको छ । उनीसँग कम्पनीको ६.३८ प्रतिशत अर्थात १६ लाख ९४ हजार ७०१ कित्ता शेयर रहेको छ।

शिखर इन्स्योरेन्समा बुद्द एयर तेस्रो ठूलो शेयरधनी हो। बुद्ध एयरसँग यो कम्पनीको १६ लाख ३९ हजार ५०१ कित्ता (६.१८ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

यसैगरी शशिकान्त अग्रवालसँग ११ लाख ४९ हजार ४८५ कित्ता (४.३३ प्रतिशत), विकास जंग बहादुर रानासँग ९ लाख ५३ हजार ७४४ कित्ता (४.०४ प्रतिशत), कैलाशप्रसाद शिरोहियासँग ९ लाख ७३ हजार ६३७ कित्ता (३.६७ प्रतिशत), राजेन्द्रप्रसाद श्रेष्ठसँग ९ लाख ६८ हजार २७७ कित्ता (३.६५ प्रतिशत) र लोमस इन्भेस्टमेन्ट प्रालिसँग ७ लाख १२ हजार ८३७ कित्ता (२.६९ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

कम्पनीमा पवित्रकुमार कार्कीसँग ४ लाख ४४ हजार ८१० कित्ता (१.६८ प्रतिशत), शेखर बस्नेतसँग २ लाख ७८ हजार १५ कित्ता (१.०५ प्रतिशत), जितेन्द्र बहेतीसँग ३ लाख ७६ हजार ११२ कित्ता (१.४६ प्रतिशत), किरण प्रकाश पाण्डेसँग २ लाख ९८ हजार ९०९ कित्ता (१.१३ प्रतिशत), पवनकुमार अग्रवालसँग ४ लाख ५७ हजार ३७२ कित्ता (१.७२ प्रतिशत) र वीरेन्द्रबहादुर बस्नेतसँग ४ लाख ९१ हजार ८५२ कित्ता (१.८५ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

 

Leave Your Comment

Related News