सर्वोत्तम सिमेन्टको शेयर मुल्यमा निरन्तर चौथो दिन सकारात्मक सर्किट

Prabhu

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा लगायातर चौथो दिन सकारात्मक सर्किट लागेको छ । आज पनि शेयर कारोबार सुरु भएको २ मिनेटमा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

सर्वोत्तम सिमेन्टको शेयर कारोबार चैत्र ६ गतेबाट सुचारु भएको हो ।  SARBTM सिम्बलबाट कारोबार भएको कम्पनिको कारोबारको चौथो दिन निरन्तर सकारात्मक सर्किट लागेको हो  ।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेकोमा कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ ।

कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर नेप्सेमा सुचिकृत भएको छ । सुचिकृत भएको ४ करोड ६५ कित्ता शेयर मध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ । बाँकि रहेको १२.९०३ प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ता, आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम नेपाली नागरिकलाई निष्काशन गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार