१७ अंकको घटाईसँगै नेप्से इन्डेक्स २,०३१

Prabhu

काठमाडौं । आज कारोबारको पहलो दिन  शेयर बजार दोहोरो र २,०३१ को विन्दुमा कायम भएको छ ।  कारोबार भएका कम्पनि मध्ये ३८ कम्पनीको शेयर मुल्य बढेको छ भने २०३ कम्पनीको शेयर मूल्य घटेको छ ।

३०४ कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ४८ करोड ९१ लाख बराबरको कारोबार भएको छ । गोर्खाज फाइनान्स यस कम्पनीको २८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । तारागाँउ रेजेन्सीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार