RE
Global College

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११% नगद लाभांस शेयरधनीको बैङ्क खातामा जम्मा

काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनिले ११% नगद लाभांश वितरण गेरको छ ।  आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिएको कम्पनिले जनाएको छ ।

गत फागुन ३० गते सम्पन्न कम्पनीको ३० औँ वार्षिक साधारणसभाले प्रस्तावित नगद लाभांश अनुमोदन गरेको हो । स्वीकृत लाभांश बुक क्लोज भन्दा अघिसम्म कायम शेयरधनीहरुको बैंक खातामा पठाएको हो ।

कम्पनिले एक सुचना  प्रकाशित गर्दै हालसम्म शेयर डिम्याट नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर डिम्याट नगरेका शेयरधनीलाई आफुलाई पायक पर्ने निक्षेप सदस्यकोमा गई हितग्राही खोली शेयर डिम्याट गरी बैंक खाता अद्यावधिक गर्न पनि कम्पनीले आग्रह गरेको छ। त्यसपश्चात मात्रै त्यस्ता शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ  ।

NECO

Leave Your Comment

Related News