RE
Global College

मैलुङ्ग खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं ।  मैलुङ्ग खोला जलविधुत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीको सभाले चुक्ता पूँजीको २.२२११ प्रतिशतले हुन आउने रकम ८१ लाख ७६ हजार ८२४.१७ रुपैयाँ बोनस शेयर र ०.११६९ प्रतिशतले हुन आउने रकम ४ लाख ३० हजार ३५९.१७ रुपैयाँको नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले चैत २९ गते, बिहीबार, लैनचौर ब्याक्वेट, लैनचौर, काठमाण्डौंमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

NECO

Leave Your Comment

Related News