हिमालयन क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजना ल्याउने

Prabhu

काठमाडौं । हिमालयन क्यापिटलले खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्नको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ ।

क्य७पिटलले हिमालयन म्युचुअल फण्ड अन्तर्गत हुने हिमालयन दीर्घकालिन बचत योजना नामक खुलामुखी फण्ड संचालन गर्ने लागेको हो  । यो फण्डको आकार १ अर्बको रहेको छ भने क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरलेले फन्डको १० करोड इकाई निष्काशन गर्ने छ ।

बोर्डबाट अनुमति पाएपछि क्यापिटलले इकाई निष्काशन गर्ने छ । हाल क्यापिटलले ८०-२० नामको बन्दमुखी म्युचुअल फण्ड संचालन गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार