थ्रीस्टार हाइड्रोपावर लिमिटेडको साधारणसभा हुने यस्ता छन् एजेण्डा

Prabhu

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।

साधारण सभाले हकप्रद शेयर निष्काशन गर्ने विषेश प्रस्तावमा छलफल गर्ने छ । यस्तै सभाले उपयुक्त नयाँ आयोजनाहरुको पहिचान गरी लगानी गर्ने वा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने सम्बन्धमा पनि छलफल गर्ने छ ।

यस्तै सभाले आ.व. २०७९\०८० को वार्षिक प्रतिवेदन प्रस्तुति र सोलाई पारित गर्ने, २०८० साल आषाढ मसान्तसम्मको वासलात, २०७९ साल श्रावण १ गतेदेखि २०८० साल आषाढ मसान्तसम्मको नाफा\नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचिहरु छलफल गरी पारित गर्ने सम्बन्धमा छलफल गर्ने छ ।

साधारण सभामा प्रयोजनको लागि कम्पनीले बैसाख ७ गते शुक्रबार एक दिन शेयर दाखिल खारेज कार्य बन्द गर्ने भएको छ । जसअनुसार बैशाख ६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा कारोवार भई कायम सेयरधनीमा सभामा भाग लिन पाउने छन्

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार